नेपाल टेलिकमको फोरजी सेवा बिस्तारको काम अझै १५ प्रतिशत बाँकी

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

नेपाल टेलिकमको फोरजी सेवा बिस्तारको काम अझै १५ प्रतिशत बाँकी

नेपाल टेलिकमको फोरजी एलटीई सेवा देशभरका ९०.७० प्रतिशत स्थानीय निकायमा पुगेको छ।

कम्पनीका प्रवक्ता राजेश जोशीले फोरजी एलटीई सेवा देशका ७७ जिल्लाका ७५३ मध्ये ६८२ स्थानीय निकायमा पुगेको जानकारी दिएका हुन्।

प्रवक्ता जोशीले टेलिकमको ७७ जिल्लाका ७५३ ओटै स्थानीय निकायमा फोरजी एलटीई सेवा पुर्याउने उद्देश्यसहित काम अघि बढाइएकोमा गत जेठ महिनासम्ममा कोरको कुल भाैतिक प्रगति ९७ प्रतिशत भएको जानकारी दिएका हुन्।

उनका अनुसार नेटवर्क १ र नेटवर्क २ को भाैतिक प्रगति पनि क्रमश: ८४ र ८६ प्रतिशत रहेको छ।

प्रवक्ता जोशीले गत जेठ ३ गतेबाट फोरजी भोल्टेको परीक्षण शुरु गरिएको बताउँदै फोरजीको ४, १८६ फिजिकल साइटमध्ये ३,५४४ को काम सम्पन्न भइ अन एयर भएको र यसको समग्र उपलब्धी ८५ प्रतिशत रहेको बताए।

यसैगरी लजिकल साइटतर्फ ६,७३२ मध्ये  ५,९४३ साइटहरुबाट अन एयर भएको र यसको समग्र उपलब्धी भने ८८ प्रतिशत भएको जानकारी दिए।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...