एल साल्भाडोर बिटक्वाइनलाई आधिकारिक मुद्राका रुपमा ग्रहण गर्ने पहिलो देश

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

एल साल्भाडोर बिटक्वाइनलाई आधिकारिक मुद्राका रुपमा ग्रहण गर्ने पहिलो देश

एल साल्भाडोर बिटक्वाइनलाई अमेरिकी डलरसँगै आधिकारिक मुद्राको मान्यता दिने पहिलो देश बनेको छ।

मंगलबार स्थानीय समयअनुसार मध्यरात हुन ३ मिनेट बाँकी छँदा त्यहाँका राष्ट्रपति नायिद बुकेलेले आफ्नो देशले ३ मिनेटमा इतिहास रच्न गइरहेको ट्वीट गरेका थिए।

उक्त घोषणाका बेला राष्ट्रपति बुकेलेले देशले यसअघि नै २ करोड ९ लाख डलर बराबरको ४०० बिटक्वाइन खरिद गरिसकेको बताएका थिए।

देशले बिटक्वाइनलाई आधिकारिक मान्यता दिएपछि यसका समर्थकहरुले यो कदमले देशबाहिर गएकालाई रेमिट्यान्स पठाउन सहज हुने प्रतिक्रिया दिएका छन्।

सीएनबीसीका अनुसार विश्व बैंकको प्रतिवेदनमा एल साल्भाडोरको कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत हिस्सा ओगटेको छ। सरकारको यो कदमले नागरिकका वित्तीय सेवामाथिको पहुँचलाई अझ सहज बनाउने अपेक्षा पनि गरिएको छ।

स्थानीय डिजिटल वित्तीय कम्पनी स्ट्राइकका सीईओले देशका ७० प्रतिशतभन्दा बढी जनताको अझै बैंक खाता नभएको बताएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।

तर अर्कोतर्फ यस्तो उतारचढाव भइरहने डिजिटल मुद्रालाई आत्मसात् गर्दा देशको आर्थिक स्थायित्व नै डामाडोल हुनसक्ने खतरा रहेको पनि केही समूहको आकलन रहेको छ।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...