भिभोद्वारा स्मार्टफोनका लागि आफ्नै इमेजिङ चिप भिभो भी१ सार्वजनिक

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

भिभोद्वारा स्मार्टफोनका लागि आफ्नै इमेजिङ चिप भिभो भी१ सार्वजनिक

ह्वावे तथा शाओमीपछि हालै चिनियाँ ब्रान्ड भिभोले पनि आफ्नै चिप उत्पादन गरेर प्रयोग शुरु गरेको छ। भिभो भी१ नाम दिइएको यो एउटा इमेजिङ अर्थात् फोटोसँग सम्बन्धित चिप हो।

यो इमेजिङ चिप भिभोले स्वतन्त्र रुपमा विकास गरेको हो। यसको  प्रयोगसँगै मोबाइल फोनको हार्डवयर-लेभल अल्गोरिदम शुरु भएको कम्पनीको दावी छ।

सार्वजनिक कार्यक्रममा कम्पनीले मोबाइल फोन इमेजिङका क्षेत्रमा अल्ट्रा-हाइ ट्रान्सपरेन्ट ग्लास लेन्स नयाँ कोटिङ प्रविधि तथा जाइस नेचुरल कलरजस्ता नयाँ उपलब्धिहरु प्राप्त गर्न सफल भएको बताएको थियो।

इमेजिङ चिप, अप्टिक तथा सफ्टवयर अल्गोरिदमका क्षेत्रमा जाइससँगको महत्वपूर्ण साझेदारीले भिभोले रातको समयमा गरिने फोटोग्राफीमा उल्लेख्य सुधार ल्याएको कम्पनीको दावी छ।

कम्पनीले मोबाइल फोन चिप निर्मातासँग करिब २४ महिनासम्म सहकार्य गरेर ३०० जनाभन्दा बढीलाई अनुसन्धान तथा विकासका काममा लगाएको उल्लेख गरेको छ।

पूर्ण रुपमा कस्टमाइज गरिएको चिप भएकाले भिभो भी१ ले मोबाइलको मुख्य क्यामरासँग तालमेल गरी गुणस्तरीय फोटो खिच्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

यसबाहेक यो चिपमा उच्च कम्प्युटिङ पावर, कम लेटेन्सी रहेको र यसले ब्याट्री पनि कम खपत गर्ने बताइएको छ।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...