एन्ड्रोइड फोन र विन्डोज १० प्रयोगकर्ताले सतर्क रहनुपर्ने, नयाँ प्रकारको भाइरस आएको खुलासा

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

एन्ड्रोइड फोन र विन्डोज १० प्रयोगकर्ताले सतर्क रहनुपर्ने, नयाँ प्रकारको भाइरस आएको खुलासा

अनुसन्धाताहरुले हालै विन्डोज १० तथा एन्ड्रोइडमा नयाँ भाइरस सक्रिय रहेकाले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ।

उनीहरुका अनुसार हालै ब्लूटूथ सुरक्षामा केही कमजोरी भेटिएको छ जसमार्फत् ल्यापटप, स्मार्टफोन, आईओटी, व्यावसायिक हवाइयान तथा हेभी ट्रकलगायतका १४ सयभन्दामाथिका व्यावसायिक उत्पादनहरुमा नकारात्मक असर परेको छ।

विन्डोज़ १० तथा एन्ड्रोइड परयोगकर्ताले खतरनाक ब्लूटूथ क्लासिकमा नयाँ सुरक्षा जोखिमको सामना गरिरहनुपरेको न्यूज१८ डटकमले उल्लेख गरेको छ।

सुरक्षा अनुसन्धाताका अनुसार हाल १६ ओटा सुरक्षा जोखिम भेटिएको छ जसलाई समग्रमा ब्राक टूथ नाम दिइएको छ। यसले ब्लूटूथमार्फत् कनेक्ट हुने डिभाइसलाई ठूलो खतरा हुने बुझिएको छ।

यसमा बाहिरी हिसाबले जोडिने एक्टर्नल स्पीकर, हेडफोन, माइक कीबोर्डजस्ता डिभाइसहरु पनि खतराको सूचीमा पर्न सक्छन्।

यसले जोखिमले क्वालकम, इन्टेल तथा टेक्सस इन्स्ट्रुमेन्टको चिपलाई समेत असर पुर्याउन सक्छ।

सञ्चारमाध्यम न्यूज१८ डटकम का अनुसार यी  कम्पनीका चिपहरु विशेष गरी माइक्रोसफ्टको सर्फेस ल्यापटप, डेलको डेस्कटप कम्प्युटर तथा सामसङ, गुगल पिक्सेल तथा वनप्लसलगायतका थुप्रै कम्पनीका स्मार्टफोनमा प्रयोग गरिएकाले ती सबै डिभाइसहरु प्रभावित हुन सक्ने बुझिएको छ।

अनुसन्धाताहरुले १३ चिप तथा ११ भेन्डरमाथि अध्ययन गरेको र त्यसको निष्कर्ष सिंगापुर यूनिभर्सिटीको एक जर्नलमा छपाएका थिए। हालसम्म १४ सय इम्बेडेड चिप खतरामा रहेको तथा उक्त बगले विशेषगरी स्मार्टफोन, ल्यापटप तथा स्मार्टहोम ग्याजेटजस्ता ठूलो परिमाणका विद्युतीय सामग्रीलाई असर पारेको पाइएको छ।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...