आईफोन १३ को स्याटेलाइट कनेक्शन फिचर निश्चित क्षेत्रमा मात्र उपलब्ध हुने

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

आईफोन १३ को स्याटेलाइट कनेक्शन फिचर निश्चित क्षेत्रमा मात्र उपलब्ध हुने

एप्पलले आईफोन १३ मा समावेश गर्ने स्याटेलाइट कनेक्शन फिचर केही निश्चित क्षेत्रमा मात्रै उपलब्ध हुने बुझिएको छ।

ब्लूमबर्गका मार्क गर्मनले यसै महिना हुने एप्पलको वार्षिक इभेन्टमा प्रस्तुत हुने विभिन्न कार्यक्रमको विवरणका बारेमा जानकारी दिएको ग्याजेट३६० ले लेखेको छ।

जानकारी अनुसार उक्त इभेन्टमा एप्पलले आईफोन १३ को रेन्जका साथै एप्पल वाच सिरिज ७ पनि सार्वजनिक गर्नेछ। यो सिरिजको स्मार्टवाचको उत्पादन बन्द भए पनि इभेन्टमा सार्वजनिक भने गरिने बुझिएको छ।

यसै क्रममा गर्मनले आईफोन १३ को स्याटेलाइट कनेक्शन फिचर केही निश्चित क्षेत्रमा मात्र उपलब्ध हुने बताएका छन्।

उनले हालै आफ्नो पावर अन न्यूजलेटरमा आईफोन १३ मा अपेक्षा गरिएको स्याटेलाइट कनेक्शन फिचर समावेश हुने तर यसका लागि समय लाग्ने र प्रयोगका लागि अर्को वर्षसम्म कुर्नपर्ने उल्लेख गरेका छन्।

यसबाहेक यो फिचर सामान्य हिसाबले सधैं प्रयोग गर्नका लागि उपलब्ध हुने नभइ मोबाइल नेटवर्कले काम नगर्दा अपर्झट परेको बेला एसएमएस गर्न र दुर्गम ठाउँमा भएका सवारी वा हवाइ दुर्घटनाका बारे जानकारी गराउन इमर्जेन्सी सिग्नल पठाउनका लागि मात्र प्रयोग गर्न सकिने पनि प्रस्ट पारिएको छ।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...