आगामी नोभेम्बरबाट यी स्मार्टफोनमा ह्वाट्सएप नचल्ने, कतै तपाईँको पनि त परेन?

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

आगामी नोभेम्बरबाट यी स्मार्टफोनमा ह्वाट्सएप नचल्ने, कतै तपाईँको पनि त परेन?

चर्चित इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले आगामी नोभेम्बर १ बाट केही पुराना स्मार्टफोनहरुमा काम नगर्ने भएको छ।

ह्वाट्सएपले बेलाबेलामा पुराना फोनहरुमा आफ्नो सपोर्ट बन्द गर्दै आइरहेको छ। यसै क्रममा हालै कम्पनीले विभिन्न ब्रान्डका ४३ ओटा पुराना फोनहरुबाट आफ्नो सपोर्ट हटाउन लागेको हो।

विश्वका थुप्रै देशहरुमा इन्स्ट्यान्ट मेसेजिङका लागि ह्वाट्सएप तथा अन्य एपहरु निकै चर्चित छन्। सञ्चारका लागि धेरै प्रयोग गरिने यो एप आफ्ना फोनमा नचल्ने खबर थाहा पाउँदा यूजरहरुलाई नरमाइलो लाग्नु स्वाभाविकै हो।

ह्वाट्सएपको सपोर्ट हट्ने स्मार्टफोनहरु एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टम भएकाहरु परेका छन्।

सन्चारमाध्यम द सनका अनुसार एन्ड्रोइड ४.०.४ वा त्यसभन्दा अघिल्ला भर्सन भएका स्मार्टफोनमा ह्वाट्सएपले काम गर्ने छैन।

यसबाहेक आईओएस ९ वा त्योभन्दा तलका भर्सन भएका एप्पल डिभाइसमा पनि यसको सपोर्ट समाप्त हुने बताइएको छ।

नोभेम्बर १ बाट ह्वाट्सएप सपोर्ट नगर्ने स्मार्टफोनको सूची यस्तो छ:

एप्पल

आईफोन एसई, ६एस तथा ६एस प्लस

सामसङ

सामसङ ग्यालेक्सी ट्रेन्ड लाइट,  ग्यालेक्सी ट्रेन्ड लाइट २, सामसङ ग्यालेक्सी एस२, ग्यालेक्सी एस३ मिनी, ग्यालेक्सी एक्सकभर २, ग्यालेक्सी कोर तथा ग्यालेक्सी एस२

एलजी

एलजी ल्यूसिड २, अप्टिमस एफ७, अप्टिमस एफ५, अप्टिमस एलथ्री २ डुअल, अप्टिमस एल५, अप्टिमस एल५ डुअल, अप्टिमस एलथ्री २, अप्टिमस एल७, अप्टिमस एल७ २ डुअल, अप्टिमस एल७ २, अप्टिमस एफ६, एन्याक्ट,  अप्टिमस एल४ २ डुअल, अप्टिमस एफ३, अप्टिमस एल४ २, अप्टिमस एल२ २, अप्टिमस नाइट्रो एचडी, अप्टिमस एफ३ क्यू तथा फोर एक्स एचडी

जेडटीई

जेडटीई ग्रान्ड एस फ्लेक्स, जेडटीई भी९५६, ग्रान्ड एक्स क्वाड भी ९८७ तथा ग्रान्ड मेमो

ह्वावे

ह्वावे एसेन्ड जी७४०, एसेन्ड मेट, एसेन्ड डी क्वाड एक्सएल, एसेन्ड डी१ क्वाड एक्सएल, एसेन्ड पी१ एस तथा एसेन्ड डी२

सोनी

सोनी एक्सपेरिया माइरो, सोनी एक्सपेरिया निओ एल, एक्सपेरिया आर्क एस

यसबाहेक अल्काटेल वन टभ इभो ७, आर्कस ५३ प्लेटिनम, एचटीसी डिजायर ५००, क्याटरपिलर क्याट बी१५, विको सिंक फाइभ, विको डार्कनाइट, लेनोभो ए८२०, यूएमआई एक्स२, फाइया एफ१ र टीएचएल डब्लू ८

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...