एक्जिनोस २२०० युक्त ग्यालेक्सी एस२२ यी देशहरुमा उपलब्ध हुने

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

एक्जिनोस २२०० युक्त ग्यालेक्सी एस२२ यी देशहरुमा उपलब्ध हुने

सामसङले धेरे समयदेखि आफ्ना फ्ल्यागशिप फोनमा स्न्यापड्रागनका साथै  प्रोप्राइटरी चिप राखेर दुई ओटा भर्सनमा रिलिज गर्न दबाब झेल्दै आइरहेको थियो।

केही समययता सामसङको आफ्नै चिप एक्जिनोसको प्रदर्शनका बारेमा निकै आलोचना हुँदै आइरहेको छ। यसै अवस्थालाई मध्यनजर गर्दै कम्पनीले हालै एएमडी ग्राफिक्सयुक्त एक्जिनोस चिपसेट बजारमा ल्याउने तयारी गरेको हो। यो संयोजनले यसअघिका आलोचनालाई सम्बोधन गर्ने कम्पनीको बुझाइ छ।

तर कम्पनीले नयाँ एक्जिनोस २२०० युक्त ग्यालेक्सी एस२२ भने सबै देशमा उपलब्ध गराउने छैन। स्न्यापड्रागन ८९८ युक्त डिभाइसबाट सन्तुष्ट ग्राहक भएका क्षेत्रमा यसलाई उपलब्ध नगराइने बुझिएको छ।

यसबाहेक एक्जिनोस २२०० चिपसेट अत्यधिक मात्रामा उत्पादन गर्न नसकिएकाले पनि क्षेत्रहरु छुट्याइएको हो।

यो भेरियन्टको ग्यालेक्सी एस२२ दक्षिण अमेरिका तथा यूरोपमा उपलब्ध हुने पक्का भएको र अमेरिका र चीनमा मोबाइल सेवा प्रदायकमार्फत् उपलब्ध गराउन छलफल भइरहेको कम्पनीले बताएको छ।

यस्तै स्न्यापड्रागन ८९८ भर्सन भने दक्षिण कोरिया, हङकङ, भारत तथा दक्षिणपूर्वी एसियामा उपलब्ध हुनेछ।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...