मर्मत सम्भार नहुँदा टेलिफोन बन्द हुने अवस्थामा

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

मर्मत सम्भार नहुँदा टेलिफोन बन्द हुने अवस्थामा

काठमाडौं ।

नेपाल टेलिकमले आवश्यक प्राविधिक र सेवा उपलब्ध गराउन नसक्दा सुनसरीको रामधुनी नगरपालिकामा रहेको ल्यान्डलाइन बन्द हुने स्थितिमा पुगेको छ ।

रामधुनी नगरपालिका क्षेत्रभित्र लगभग सात सय ल्यान्डलाईन ग्राहक र इन्टरनेट सेवाका ग्राहक रहेका छन् । यो क्षेत्रमा मर्मत सम्भारका लागि आवश्यक प्राविधिकको अभाव र सुधारको लागि टेलिकमले ध्यान नदिँदा ग्राहक घटेर दुई सय मात्रै सञ्चालनमा रहेका छन् ।

झुम्कामा सञ्चालित टेलिकमको सेवा राम्रो नहुँदा अहिले जताततै टेलिफोनका क्याबिनेट फुटेका, झरेका, खुला र चरा चुरुङ्गीले गुड लगाएको अवस्थामा छन् ।

स्थानीयले अगामी दशैँभित्र नेटवर्क सुधार गरेर स्तरीय सेवा प्रवाह नगर्ने हो भने भएका ग्राहकहरू निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकतर्फ पलायन हुने र टेलिकमको सेवा पूर्ण रूपमा बन्द हुने स्थिति रहेको जनाएका छन् ।

झुम्कामा रहेको नेपाल टेलिकमको कार्यालयमा कार्यरत कर्मचारी रामशरण मेहताका अनुसार पुरानो नेटवर्क कामै नलाग्ने स्थितिमा पुगेको र नयाँ नेटवर्क विस्तार नभए झुम्का टेलिफोन विहिन हुने अवस्थामा पुग्ने बताए।

त्यहाँ दुई जनामात्रै प्राविधिक रहेकाले क्याबिनेट मर्मत, नयाँ कनेक्सन, पुराना बिग्रिएका कनेक्सन मर्मत लगायतका काम गर्न नभ्याउने गरेको उनले जानकारी गराए । गोरखापत्र

easy care

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

ताजा समाचार