औसत हेरिने समयको आधारमा टिकटक बेलायत र अमेरिकी बजारमा युट्युब भन्दा अगाडी

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

औसत हेरिने समयको आधारमा टिकटक बेलायत र अमेरिकी बजारमा युट्युब भन्दा अगाडी

बेलायत र अमेरिकामा एप प्रयोगकर्ताहरुले युट्युबमा भन्दा टिकटकमा धेरै समय बिताइरहेको एक रिपोर्टमा उल्लेख गरिएको छ।

एप निगरानी फर्म एप एनीबाट संकलित डाटाले संकेत गरेअनुसार एपमा बिताएको प्रति प्रयोगकर्ता औसत समय टिकटकको लागी उच्च रहेको छ, यसको अर्थ टिकटकमा भएको इंगेजमेन्ट उच्चस्तरको रहेकोछ।

एप एनीले टिकटकलाई विशेषगरि स्ट्रीमिङ्ग र सामाजिक परिदृश्य एपको रूपमा परिभाषित गरेको बीबीसीले जनाएको छ।

तरपनि समग्रमा युट्युबले नै सबैभन्दा धेरै समय बिताउने एपको शीर्ष स्थान कायम राखेकोछ । तर यसले प्रति प्रयोगकर्ताको रुपमा भने होइन किनकि यसमा समग्रमा धेरै प्रयोगकर्ताहरु छन्।

गुगलको स्वामित्वमा रहेको भिडियो जायन्टको अनुमानित दुई अर्ब मासिक प्रयोगकर्ताहरु छन्, जबकि टिकटकको सबैभन्दा भर्खरै सार्वजनिक आंकडाहरुका अनुसार सन् २०२० को मध्यमा ७० करोड प्रयोगकर्ताहरु मात्र छन्।

“समय बिताएको” मेट्रिक एप एनीले रिपोर्टमा एन्ड्रोइड फोनको लागी मात्र  उल्लेख गरेको छ। तर यसले चीनको बजारलाई समेटेको छैन जहाँ टिकटक एप स्थानीय रूपमा डोयुनको रूपमा परिचित छ र एक प्रमुख एप हो।

टिकटकका साथै लाइभ स्ट्रिमिङ्ग फिचर सहितका एपहरुमा क्रिएटरहरु माथि खर्च गर्ने रकममा वृद्धि भएको एप एनीको रिपोर्टले सुझाव दिएको छ।

“एक प्रमुख सुविधा” को रुपमा लाइभ स्ट्रिमिङ्ग गर्ने एप्स सन् २०२१ को पहिलो अर्धवार्षिकमा शीर्ष २५ सामाजिक एप्समध्ये खर्च भएको तीन चौथाई रकमको लागी जिम्मेवार छ,” रिपोर्टले भन्छ।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...