टिपि लिङ्क नेटवर्कको सेवा अब दाङको तुल्सीपुरमा उपलब्ध

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

टिपि लिङ्क नेटवर्कको सेवा अब दाङको तुल्सीपुरमा उपलब्ध

इन्टरनेट सेवा प्रदायक कम्पनी टिपी लिंक नेटवर्कको सेवा दाङमा पनि बिस्तार भएको छ । पोरखामा आधारित  भएर इन्टरनेट सेवा दिँदै आएको टिपी लिंक नेटवर्क प्रालिको नयाँ शाखा दाङको तुल्सीपुरमा  स्थापना भएको छ।

२०७३ सालमा  कास्किमा स्थापना भएको टिपि लिङ्क नेटवर्क अहिले पोखरा, पाल्पा, स्याङ्जा, पर्वत, तनहुँ हुँदै दाङको तुल्सीपुरमा संचालनमा आएको हो ।

दाङमा सस्तो, गुणस्तरिय र भरपर्दो उच्चगतिको इन्टरनेट सेवा उपब्ध गराउने उदेश्यका साथ तुल्सीपुरमा नयाँ शाखा स्थापना गरिएको टिपी लिङ्क नेटवर्कका प्रमुख दामोदर डुम्रेले जानकारी दिए।

अहिलेको सुचना प्रविधिको युगमा मानिसहरुलाई अति आवश्यक  भईसकेको अवस्थालाई ध्यानमा राखेर इन्टरनेट सेवा सञ्चालनमा ल्याएको तुल्सिपुर शाखाका सञ्चालक नवराज बुढा, र खीम बहादुर घर्तिले जानकारी दिए।

बजारमा धेरै ईन्टरनेट सेवा प्रदायक कम्पनीहरु भए पनि अन्य कम्पनीहरुका भन्दा फरक सुबिधा र सपोर्टका साथ जुनसुकै बेलामा पनि ग्राहक समस्या समाधान गरिने कम्पनीको मुख्य उदेश्य रहेको उल्लेख छ।

तुल्सिपुर शाखाको नेटवर्क पहुँच हाल रोल्पाका त्रिवेणी गाउँपालिका, रुन्टिगढी र सल्यान कपुरकोट गाउँपालिकाका केही स्थानसम्म रहेको र अन्य ठाउँहरुमा पनि ग्राहकहरुको माग अनुसार सबै ग्रामीण बस्ती तथा अन्य बजारमामा पनि पुर्‍याउन सकिने कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...