भारतीय मोबाइल अपरेटर जियोले नेदरल्याण्ड्सको टी-मोबाइलको शेयर हिस्सा किन्दै

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

भारतीय मोबाइल अपरेटर जियोले नेदरल्याण्ड्सको टी-मोबाइलको शेयर हिस्सा किन्दै

भारतीय मोबाइल अपरेटर रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) अब भारतभन्दा बाहिर पनि नेटवर्क बिस्तारको योजनामा रहेको छ। रिलायन्सले टी-मोबाइल नेदरल्याण्ड्स बीभीमा एक नियन्त्रण हिस्सेदारी प्राप्त गर्न ५.७ अर्ब डलरको गैर-बाध्यकारी प्रस्ताव बनाउने तय भएको रिपोर्ट  बाहिर  आएको छ ।

भारतको सबैभन्दा ठूलो टेलिकम अपरेटरले टी मोबाइलको नेदरल्याण्डसमा भएको व्यवसाय किन्ने तयारी गरेको भारतीय मिडिया हिन्दुस्तानटाइम्सले सो विकासको बारेमा जानकार दुई जना स्रोत उदृत गर्दै उल्लेख गरेको छ।

आरआईएलले एक महिना भित्र यो प्रस्ताव गर्ने अपेक्षा गरिएको छ र  कारोबार फण्डको लागी ऋणदाताहरुको छोटो सूचीकरण शुरू गरेको स्रोतमा आधारित भएर उल्लेख छ । ‘धेरै शीर्ष विदेशी बैंकहरु अधिग्रहणको फाइनान्सिङ्गको लागी एक सिन्डिकेट गठन गरीरहेका छन्,’ उनीहरुले भने।

“आरआईएल तीन महिना भन्दा बढीसमयदेखि सम्झौताको मूल्यांकन गरीरहेको छ, र छलफलमा त्यसबेलादेखि निकै प्रगति भएको छ,” दुई मध्ये एक जनाले भने, “आकाश अम्बानी, जो रिलायन्स जियोको नेतृत्व गर्दछ, व्यक्तिगत रूप कारोबारको व्यवस्थापन गर्दैछन्।”

“टी-मोबाइल अधिग्रहणका साथ जियोले युरोपेली दूरसञ्चार बजारमा एक पाइला टेक्नेछ र अन्य बजारमा विविधीकरण गरेर व्यापारलाई जोखिममा कम गर्न मद्दत गर्नेछ,” दोस्रो व्यक्तिले भने।

ब्लूमबर्गले पहिलो पटक अगस्ट १० मा सो कारोबारको बारेमा रिपोर्ट गरेको थियो। ब्लूमबर्ग रिपोर्टकाअनुसार आरआईएलले टी-मोबाइल नेदरल्याण्ड्सको लागी एक प्रस्तावको मूल्यांकन गर्न एक सल्लाहकारसंग काम गरीरहेको छ, र डयच टेलिकम सव हिस्सेदारीको लागी लगभग ५.९ अर्ब डलर माग्दै छ।

टी मोबाइल नेदरल्याण्ड डयच टेलीकोम एजीको एक एकाई हो। बेल्गाकोम एसए र टेली डेनमार्कसंग एक उद्यममा एक हिस्सेदारी प्राप्त गरी जर्मन कम्पनी २००० मा नेदरल्याण्डमा प्रवेश गरेको थियो। २००३ मा जर्मन क्यारियरले बाँकी हिस्सेदारी किनेपछि ब्यापारको नाम टी-मोबाइल नेदरल्याण्ड राखिएको थियो।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

Loading...