टेलिकमको भीओएलटिई सेवाका प्रयोगकर्ता ५ लाख ६३ हजार पुग्यो, एटीटीभीका ग्राहक २५ सय माथि

Technology Khabar २१ भाद्र २०७८, सोमबार

टेलिकमको भीओएलटिई सेवाका प्रयोगकर्ता ५ लाख ६३ हजार पुग्यो, एटीटीभीका ग्राहक २५ सय माथि

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भ्वाइस ओभर एलटिई (भीओएलटिई) का प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेका छन् ।

कम्पनीले सेवा शुरु गरेको ४ महिनाभित्रै भोल्टे भनेर चिनिने भीओएलटिई सेवाका ग्राहकहरु साढे ५ लाख नाघेका हुन् ।

यहि सेप्टेम्बर ५ तारिखसम्म नेपाल टेलिकमले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीका भीओएलटिई सेवाका प्रयोगकर्ता ५ लाख ६३ हजार ६२ पुगेका हुन्।

टेलिकमले गत जेठ ३ गतेदेखि पहिलोपटक भीओएलटिई सेवाको परीक्षण शुरूवात गरेको थियो ।

यसका साथै कम्पनीका फोरजी एलटीई सेवाका ग्राहकहरुको स‌ंख्या ४७ लाख ४४ हजार ३७५ पुगेको छ भने टेलिकमले दिँदै आएको अनलाइट टिभी सेवा एनटीटीका प्रयोगकर्ताहरु २ हजार ५८६ पुगेका छन् ।

Global Bank
easy care

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

ताजा समाचार