पाँचौ अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल व्यापार मेला सम्पन्न

Technology Khabar २१ भाद्र २०७८, सोमबार

पाँचौ अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल व्यापार मेला सम्पन्न

महिला उद्यमी महासंघ नेपालले सफलतापुर्वक अन्तर्राष्ट्रिय महिला ब्यापार मेला काठमाण्डौमा संचालन गरेको छ ।

अनलाइन प्लेटर्फममा स्थानहरु उपलब्ध गराउँदै तथा विगतलाई निरन्तरता दिदैँ सामुहिक प्रयासमा यस वर्ष “सहकार्य गरौं, सफल बनौं” भन्ने नाराका साथ महांसघले यहि भदौ १७ गते देखि २१ गतेसम्म पाँचौ अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल व्यापार मेला आयोजना गरेको हो।

यस व्यापार मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुले आफ्ना उत्पादन विक्रिका लागि पर्याप्त अवसरहरु प्राप्त गर्नुका साथै सञ्जाल निर्माण, शिप तथा ज्ञानको आदानप्रदान गर्न तथा उत्पादनलाई बढवा दिन एक प्लेटफर्मको रुपमा काम गर्न सफल भएको छ।

काठमाडौं जिल्ला लगायत नेपालका विभिन्न महिला उद्यमी, जिल्ला संघहरुमा आवद्घ महिला उद्यमीहरुले सहभागीता जनाएको यस भर्चुअल व्यापार मेलामा महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुलाई प्रर्दशन तथा तिनिहरुको सामाग्रीहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्रेताहरुले भर्चुअल माध्यमबाट खरिद तथा विक्रि गरेका छन् ।

यस मेलामा महिला उद्यमीहरुको उत्पादनहरु अनलाइन ई पोर्टल मार्फत प्रदर्शनी गरिएको थियो, भने वीबिज Wibiz को साइटबाट विक्रि गरिएको थियो। साथसाथै महिला उद्यमीहरुका उत्पादनहरु सामाजिक सञ्जालहरु जस्तैः फेसवुक, इन्स्टाग्राम तथा युट्युव र इमेल मार्फत पनि प्रचार गरिएको थियो ।

माग भईआएका सामाग्रीहरु काठमाडौ उपत्यका लगायत काभ्रेपलाञ्चोक जिल्लाका बनेपा, पनौति तथा धुलिखेल लगायतका शहरहरुमा डेलिभरी सेवा दिइएको आयोजकले जनाएकोछ ।

भर्चुअल व्यापार मेलामा सातै वटा प्रदेशको प्रतिधित्व गर्दै २४ विभिन्न जिल्लाका महिला उद्यमीद्धारा उत्पादित ११३० वटा सामाग्रीहरुलाई विभिन्न ४ समुह (हस्तकला, कृषि तथा खाद्यान्न ,व्यापार र सर्भिस) मा विभाजन गरी प्रर्दशनीमा राखिएको थियो । यो प्रर्दशनी अवधिभरमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गरी कुल एक लाख भन्दा बढी दर्शकले भर्चुअल मेलाको अवलोकन गरेका थिए ।

नेपालमा नै पहिलो पटक आयोजित यस अनलाइन भर्चुअल व्यापार मेलामा महिला उद्यमीहरुले आफ्ना सामाग्रीहरुको प्रचारप्रसारका गर्नुका साथै ब्यवसायीदेखि ब्यवसायी र ब्यवसायीदेखि उपभोक्ता सम्मको सञ्जाल निर्माणको वातावरण तयार भएको महासंघले उल्लेख गरेको छ ।

यो प्रर्दशनी मेलाको लक्ष्य महिला उद्यमीहरुलाई क्षमतावान बनाउदै उत्पादित सामाग्रीहरुलाई अनलाइन प्रणालीबाट बजारिकरण गर्न र प्रदर्शनीबाट पुर्ण लाभ लिन सक्ने गरि उत्पादित बस्तुहरुलाई प्रदर्शन गर्नका साथै आफ्नो उत्पादनको बारेमा सम्भावित क्रेताहरुलाई जानकारी गराउन सफल भएको महासंघको ठहर छ।

TK Viber

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

Loading...