नासाद्वारा जोबीको हवाई ट्याक्सीको परीक्षण शुरु

Technology Khabar २१ भाद्र २०७८, सोमबार

नासाद्वारा जोबीको हवाई ट्याक्सीको परीक्षण शुरु

नासाले हालै हवाई ट्याक्सी सेवालाई यथार्थमा परिणत गर्नका लागि महत्वपूर्ण कदम चालेको छ।

एजेन्सीले भविष्यमा ट्याक्सी सेवाका रुपमा सबैका लागि उपलब्ध गराउन मद्दत पुग्ने हिसाबले जोबी एभियशनको विद्युतीय भीटीओएल एयरक्राफ्टको परीक्षण शुरु गरेको हो।

यो परीक्षणको शुरुवात गत अगस्ट ३० बाट शुरु भएको र आगामी सेप्टेम्बर १० मा समाप्त हुने बताइएको छ। परीक्षणका क्रममा अकस्टिक प्रोफाइल थाहा पाउन ५० ओटा माइक्रोफोनमार्फत् विमानको आवाज परीक्षण गरिँदै आएको छ।

एफएएको नियममा रहेका दरारहरु पत्ता लगाउने उद्देश्यले एडभान्स्ड एयर मोबिलिटी क्याम्पेनका रुपमा गरिएको यो पहिलो ईभीटीओएल परीक्षण हो।

नासाले यो परीक्षणमार्फत् उड्ने ट्याक्सीको व्यावसायिक प्रयोग, डेलिभरी ड्रोनका साथै अन्य अपरम्परागत उडानका लागि तयार रहेको सन्देश पनि दिन खोजेको बुझिएको छ।

यो परीक्षणमार्फत् संकलित तथ्याङ्कले सन् २०२२ मा हुने अन्य ट्याक्सी र अझ कठिन अवस्था समेटिए पूर्ण रुपको परीक्षणका बेला सहयोग गर्ने बताइएको छ।

यो समग्र कार्यक्रमले उड्ने ट्याक्सीहरु व्यावसायिक भएपछि हुने कम उचाइको एयर ट्राफिकका लागि तयारी अवस्थामा रहन अमेरिकालाई झक्झक्याउने बताइएको छ।

यो शुरुवाती परीक्षण जोबीका लागि पनि अचानक हात लागेको ठूलो सफलताका रुपमा रहनेछ। कम्पनीले उबरको हवाइ ट्याक्सी सेवा खरिद तथा टोयोटाबाट यसका लागि ३९ करोड ४० लाख डलर लगानी भित्र्याएपछिको पहिलो महत्वपूर्ण परीक्षण उडान हो।

जोबीले यो क्षेत्रमा महत्वपूर्ण भूमिक निर्वाह गरिरहने निश्चित नभए पनि यो साझेदारी भने कम्पनीले खोजेजस्तै प्रकारको रहेको बुझिएको छ।

TK Viber

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

Loading...