सामसङको १७ अर्ब डलर लगानीको चिप प्लान्टका लागी टेक्सासको शहरले व्यापक कर छुट दिने

Technology Khabar २१ भाद्र २०७८, सोमबार

सामसङको १७ अर्ब डलर लगानीको चिप प्लान्टका लागी टेक्सासको शहरले व्यापक कर छुट दिने

अमेरिकाको टेक्सासको एक शहर टेलरले सामसङको १७ अर्ब डलर लगानीको चिप प्लान्टका लागी व्यापक सम्पत्ति कर छुट दिने प्रस्ताव ल्याएको छ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङ इलेक्ट्रोनिक्द्वारा विचाराधीन राज्यको दुई स्थानहरु मध्ये एक स्थान टेलरलाई छनौट गरिएको खण्डमा सो शहरले व्यापक सम्पत्ति कर ब्रेक प्रस्ताव गर्ने योजना ल्याएको हो।

टेलरले टेक्सासकै अर्को राज्य अस्टिनसंग प्रतिस्पर्धा गरीरहेको छ जून प्लान्टले लगभग १,८०० नयाँ रोजगारी सृजना हुने अपेक्षा गरिएको छ। सामसङले एरिजोना र न्युयोर्कमा पनि अन्य सम्भावित साइटहरु खोजिरहेको बताएको छ।

अन्य सम्भावित साइटहरुले योजनाबद्ध कर छुटको खुलासा गर्न बाँकी छ।

सहरको वेबसाइटमा पोस्ट गरिएको प्रस्तावित संकल्पले देखाउँछ कि सामसङले प्रयोग गर्ने जग्गाको लागी, यो १० बर्षको लागी मूल्याङ्कन गरिएको सम्पत्ति करको ९२.५ प्रतिशत बराबरको अनुदान प्रदान गर्नको लागी तय गरिएको छ, अर्को १० बर्ष को लागी ९० प्रतिशत र त्यसको थप १० बर्ष पछि ८५ प्रतिशत छुट दिनेछ ।

अन्य उपायहरुमा १० बर्ष को लागी साइटमा बनेको नयाँ सम्पत्तिमा ९२.५ प्रतिशत कर कटौती र विकास समीक्षा लागतको पुनर्भुक्तानी समावेश छ।

प्रस्तावित संकल्प बुधवार टेलर सिटी काउन्सिल र विलियमसन काउन्टी आयुक्तहरुद्वारा विचार गरिनेछ।

टेलर साइट अस्टिनबाट ४० किलोमीटर टाढा रहेको छ। यो आकारमा ११८७.५ एकड अर्थात ४.८१ वर्ग किलोमिटरको छ र अस्टिन साइट भन्दा धेरै ठूलो छ। सामसङले गत वर्ष अस्टिनमा २५० एकड भन्दा बढी जग्गा किनेको थियो ।

यदि सामसङले टेलरको बारेमा निर्णय गर्यो भने, यो २०२० को अन्त्यसम्म उत्पादन शुरू हुने गरी अर्को बर्षको पहिलो क्वाटरमा प्लान्ट शिलान्यास गर्ने योजना बनाएको छ। एजेन्सी

TK Viber

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

Loading...