गुगल ड्राइभ अब इन्टरनेट बिना पनि चल्ने, अफलाइनमा फाइल एक्सेस गर्न सकिने

Technology Khabar २१ भाद्र २०७८, सोमबार

गुगल ड्राइभ अब इन्टरनेट बिना पनि चल्ने, अफलाइनमा फाइल एक्सेस गर्न सकिने

गुगल ड्राइभले अब अफलाइन मोड पनि सपोर्ट गर्ने भएको छ। कम्पनीले हालै आफ्नो ब्लग पोस्टमा यसबारे आधिकारिक जानकारी उपलब्ध गराएको हो।

यस हिसाबले हेर्दा अब यूजरले इन्टरनेट नभएको बेला पनि गुगल ड्राइभमा रहेका फाइल, पीडीफ तथा फोटोहरु एक्सेस गर्न सक्नेछन्।

तर यसका लागि ती एक्सेस गर्नुपर्ने फाइलहरुलाई पहिले नै अफलाइनका रुपमा मार्क गर्नुपर्ने हुन्छ। यसपछि भने ती फाइलहरुलाई आवश्यकता अनुसार इन्टरनेट कनेक्शनबिना नै ब्राउजारमा अफलाइन मोडमा खोल्न सकिने कम्पनीको भनाइ छ।

गुगल ड्राइभ आफ्नो पर्सनल कम्प्युटरमा इन्स्टल गर्नुपर्छ

गुगल सन् २०१९ मा यो फिचरको बिटा परीक्षण शुरु गरेको थियो। तर अब भने त्यसको २ वर्षपछि आएर यो सबै यूजरका लागि सार्वजनिक हुने भएको छ। यो  फिचर प्रयोग गर्नका लागि शुरुमा गुगल ड्राइभको डेस्कटप एप म्याक वा विन्डोजमा इन्स्टल गर्नुपर्ने हुन्छ।

यसबाहेक वेबमा रहेको ड्राइभमा अफलाइन एक्सेस अप्शनलाई इनेबल गर्नुपर्ने हुन्छ। सेट-अप प्रोसेस पूरा भएपछि फाइलमा राइट-क्लिक गर्दा एभेलेबल अफलाइन भन्ने अप्शन देखिन्छ।

TK Viber

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

Loading...