बागमतीका सवारीसाधनमा असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

Technology Khabar २१ भाद्र २०७८, सोमबार

बागमतीका सवारीसाधनमा असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

सरकारले यहि असोज १ गतेदेखि  बागमतीका सवारीलाई दर्ता, नवीकरण र नामसारी गर्न आउन इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको हो।

हाल सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत अनुगमन गर्न लागू गरिएको इम्बोस्ड नम्बर प्लेट वितरण प्रभावकारी हुन सकेको छैन । २०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम छ ।

विभागका प्राविधिक निर्देशक रामशरण पौडेलले भने, “यो २०७७ साल साउनदेखि सुचारु गरिको हो । कोरोना महामारीका कारण अनिवार्य गरिएको छैन । अनिवार्य नगर्दासम्म यसको प्रभावकारी देखिएको छैन ।”

उनका अनुसार विभागले आगामी असोजदेखि अनिवार्य गर्ने योजना बनाएको छ । असोजदेखि बागमतीका सवारीलाई दर्ता, नवीकरण र नामसारी गर्न आउन इम्बोस्ट नम्बर प्लेट अनिवार्य गरिँदै छ । हालसालै विभागले सम्झौताको म्याद थप गरेको छ।

विभागले गत २०७४ साल भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । तर सर्वोच्च अदालतले २०७४ फागुन १० गते सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।

सोही रिटलाई २०७५ मङ्सिर २७ गते सर्वोच्चले खारेज गरेपछि विभागलाई बाटो खुलेको थियो ।

TK Viber

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

Loading...