बीएमडब्लूद्वारा युवा लक्षित विद्युतीय कन्सेप्ट मोटरसाइकल सार्वजनिक

Technology Khabar २१ भाद्र २०७८, सोमबार

बीएमडब्लूद्वारा युवा लक्षित विद्युतीय कन्सेप्ट मोटरसाइकल सार्वजनिक

लक्जरी काहरुका लागि चर्चित कम्पनी बीएमडब्लूले युवाहरुलाई लक्षित गर्दै विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको छ।

कम्पनीले हालै बजारमा ल्याएको विद्युतीय मोटरसाइकललाई बीएमडब्लू सीई ०२ मिनी नाम दिइएको छ।

यो मोटरसाइकल जर्मनीमा हुने आइएए मोबिलिटी कन्फ्रेन्सभन्दा १ हप्ता अघि सार्वजनिक भएको हो। यो मोटरसाइकल कम्पनीले उत्पादन शुरु गर्ने योजना बनाएको सीई ०४ कन्सेप्ट बाइकजस्तै देखिन्छ।

यो सिल्भर र कालो रंगमा टेक्नोइड टाइपोग्राफीसहित उपलब्ध हुने बताइएको छ। अगाडि गोलाकार एलईडी हेडलाइट र सानो डिस्प्ले देखिन्छ।

चाखलाग्दो कुरा त के छ भने कम्पनीले आवश्यक जानकारी मात्र दिनका लागि सामान्य डिजिटल डिस्प्ले दिन लागेको छ र यसमा स्मार्टफोन कनेक्टिभिटी उपलब्ध हुने छैन।

यसमा ११ किलोवाटको बेल्ट चेनमा आधारित मोटर राखिएको छ। यसले ९० किमी प्रतिघण्टाका दरले गुड्न सक्छ। तर कम्पनीले ब्याट्रीको क्षमताबारे कुनै जानकारी दिएको छैन।

कम्पनीले यो मोटरसाइकललाई स्कूटर र मोटरसाइकलको बीचको पुलका रुपमा ल्याएर शहरी क्षेत्रका युवालाई लक्षित गरेको आकलन गर्न सकिन्छ।

यो कन्सेप्ट डिजाइन मात्र भएकाले कहिलेबाट उत्पादनमा जान्छ भन्न सकिँदैन। तर उत्पादनमा गएमा अहिले कन्सेप्टमा रहेकोमा केही पार्टपुर्जा थापघट वा परिवर्तन हुन सक्नेछन्।

TK Viber

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

Loading...