मोबाइल गेम खेल्न नदिएको भन्दै भारतमा छोराद्वारा बाबुको घाँटी थिचेर हत्या

Technology Khabar २१ भाद्र २०७८, सोमबार

मोबाइल गेम खेल्न नदिएको भन्दै भारतमा छोराद्वारा बाबुको घाँटी थिचेर हत्या
सांकेतिक तस्बिर

काठमाडौं ।

भारतमा मोबाइलमा अनलाइन खेलको क्रेज केहि समयदेखि धेरै छिटो बढेको छ। यसको सबैभन्दा ठूलो असर बालबालिकामा परेको बताईएको छ। भारतीय मिडिया तथ्यांकअनुसार प्रत्येक दोस्रो वा तेस्रो बच्चा मोबाइलमा अनलाइन खेल खेल्ने गरेका छन् ।

हालै भारतको गुजरातको सूरतमा एक १७ बर्षिय बालकलाई मोबाइलमा अनलाइन गेम खेल्न नदिने आफ्नो बुवाको घाँटी थिचेर हत्या गरेको आरोप भारतीय मिडियाहरुले जनाएका छन्।

जब आमाले मृत्युको दोस्रो कारण बताईन्
अर्जुन अरुण नाम गरेका एक पुरुष सूरत शहरको इच्छापुर पुलिस स्टेशन क्षेत्रको कवंस गाँउमा आफ्नी श्रीमती डली र एक बच्चासँग बस्थे। दुई दिन अघि उनकी श्रीमतीले अरुणलाई अस्पताल लगिन् जहाँ डाक्टरहरुले उनलाई मृत घोषित गरे। जब डाक्टरले डलीलाई उनको पतिको मृत्युको कारण सोधे, उनले डाक्टरहरुलाई उनलाई चोट लागेको बताइन्।

प्रहरीसँगको बयानमा स्वीकार
यस पछि, जब अरुणको शवको पोस्टमार्टम गरियो, त्यसबेला अरुण मृत्यु चोटको कारणबाट नभई घाँटी थिचेको कारण मृत्यु भएको खुलासा भयो। यो अचम्मलाग्दो खुलासापछि डाक्टरहरुले पुलिसलाई यसको बारेमा जानकारी दिए। जब पुलिसले कडाईका साथ सोधपुछ गर्‍यो, त्यसपछि बच्चाले सबै रहस्य खोलेका थिए।

१७ वर्षीय नाबालिगले पुलिसलाई भनेअनुसार उनका बुबाले उनलाई मोबाइल गेम खेल्न सधैं बाधा पुर्याउँथे, जसको कारण उनी क्रोधित भए र उनले सुतिरहेका बुवाको घाँटी थिचेर हत्या गरे।

यसैगरि सूरतमा नै एक १६ वर्षीया बालिका मोबाइल नपाएको कारणले झुण्डिएर आत्महत्या गरेकि छिन्। परिवारका सदस्यहरुका अनुसार मोबाइलको कारण बालिकाको पढाईमा समस्या भएको थियो, त्यसैले परिवारका सदस्यहरुले ति बालिकाबाट मोबाइल लिएका थिए र फिर्ता गरेनन्, जसको कारण केटीले कोठामा झुण्डिएर आफ्नो जीवन समाप्त गरिन्। एजेन्सीहरु

easy care

प्रकाशित: २१ भाद्र २०७८, सोमबार