टेलिटकलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

Technology Khabar २१ भाद्र २०७८, सोमबार

टेलिटकलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै

टेलिटक प्राइभेट लिमिटेड, नेपालमा नोकिया फोनको आधिकारिक वितरकले, ताम्राकार कम्प्लेक्स, काठमाडौँमा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ।

ग्राहकहरुबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो।

अब ग्राहकहरुले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरुलाई सेवा केन्द्रबाट बिना कुनै ढिलाई सजिलै समाधान गर्न सक्दछन्।

टेलिटकका निर्देशक प्रतीक जलानले भने, “केयर सेन्टरले नोकिया स्मार्टफोनको मर्मत सम्बन्धि सबै सेवाहरु प्रदान गर्नेछ। सेवा केन्द्र राम्रो प्रशिक्षित व्यवसायिक प्राविधिकहरुले भरिपूर्ण छ जसले एक्सेप्सनल ग्राहक सेवाकासाथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्दछ।”

नेपालमा नयाँ लन्च गरिएको उत्पादन

स्मार्टफोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधाहरुसँग उपलब्ध भएका छन्।

साथै फीचर फोनहरु जस्तै नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोनहरु सूपथ मूल्यमा आउनुका साथै सजिलै देशभरीमा उपलब्ध छन्।

ब्राण्डले भर्खरै नोकिया एसेन्शीयल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पीकरलाई आफ्नो एक्सेसरिजहरुको क्षेत्रमा लन्च गरेको छ जसले गुणस्तरीय उत्पादनहरु प्रस्तुत गर्नका साथै ग्राहकहरुलाई विश्वास र हेरचाह पनि प्रदान गरिरहेको छ।

गुणस्तर जसलाई तपाईँले सजिलै विश्वास गर्न सक्नुहुन्छ

नोकिया एक विश्वसनीय र भरपर्दो ब्रान्ड हो। जसले ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ र तीन बर्षसम्मको सेक्युरिटी अपडेट आफ्नो स्मार्टफोनमा प्रदान गर्दछ जहाँ फाइलहरु, भिडियोहरु, फोटोहरु र डाटा सधैं सुरक्षित हातमा रहनेछ।

नोकियाका फीचर फोनहरु र नोकिया सी १ स्मार्टफोन विश्वसनीय र टिकाऊ ह्यान्डसेटहरु हुन् जुन ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टीको साथ उपलब्ध छ।

TK Viber

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

Loading...