वनप्लस १० सिरिजको डिजाइनमा कुनै उल्लेख्य परिवर्तन नहुने

Technology Khabar २१ भाद्र २०७८, सोमबार

वनप्लस १० सिरिजको डिजाइनमा कुनै उल्लेख्य परिवर्तन नहुने

काठमाडौं ।

वनप्लसले आउँदो महिना वनप्लस ९ आरटी प्ल्यागशिप फोन भारत र चीनमा सार्वजनिक गर्ने भएको छ।

कम्पनीको नेक्स्ट जेनेरेशन फ्ल्यागशिप मोडल वनप्लस १० हुनसक्ने र यसको डिजाइनमा कुनै नयाँपन नआउने बताइएको छ।

हालै योगेश ब्रार नामका एक टिपस्टरले वनप्लस १० सिरिजका स्मार्टफोन यसअघिको वनप्लस ९ को माझिएको भर्सनमा आउने जनाएका छन्। यसमा स्पेसिफिकेशन केही फरक र अपग्रेड हुने तर डिजाइनमा सुधार नहुने उनले बाहिर ल्याएको तथ्यले बताउँछ।

वनप्लसले गत मार्चमा वनप्लस ९, वनप्लस ९ प्रो तथा वनप्लस ९आर को घोषणा गरेको थियो। वनप्लस १० लाइनअप भने आगामी वर्षको मार्चसम्ममा आधिकारिक रुपमा आउनसक्ने आकलन गरिएको छ।

Global Bank
easy care

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

ताजा समाचार