कोभिड १९ मा सूचना प्रविधि र सञ्चारकर्मी भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Technology Khabar २० भाद्र २०७८, आईतवार

कोभिड १९ मा सूचना प्रविधि र सञ्चारकर्मी भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं ।

कम्प्युटर एशोसिएन नेपाल महांसंघले ‘कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।

क्यान महासंघको वुमेन इन आइसिटी र आइसिटी यूथ इम्पावरमेन्ट समितिद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ महिला संचारकर्मी एवं मिडिया एड्भोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेत र साउथ एसिया वुमेन इन मिडियाकी अध्यक्ष तथा सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्मा प्रमुख श्रोत व्यक्तिको रुपमा रहेका थिए।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि नेपाली पत्रकारको समाचार संप्रेषण गर्ने शैलीमा उल्लेखनीय परिवर्तन आएको तथा पत्रकारहरुले कोभिड १९ को समयमा घरवाटै समाचार संप्रेषण गर्नुपर्नाका कारण केहि नवप्रवर्तनका उदाहरणहरु पनि देखिएको बताए।

कुंवरले अधिकांश नेपाली सञ्चार माध्यमले डिजिटल प्रविधिको बृहतर प्रयोग गर्न थालेको, सोहि क्रममा सामाजिक सञ्जालको भरपुर प्रयोग भएको, संचार माध्यमहरुमा प्राविधिक रुपान्तर हुँदा नेपालमा अनलाइन मिडिया नवप्रवर्तन क्षेत्रको रुपमा विकास भएको साथै लकडाउनको अवधिमा नेपाली पत्रकारले ‘मोबाइल जर्नालिज्म’ अझ सिकेको र मोबाइलबाट समाचारलाई चाहिने सामग्री कसरी संकलन गर्ने भन्नेकुरामा वढि ध्यान दिइएको बताए । विश्वमा जस्तै नेपालमा पनि कोभिड १९ पछि समाचार कन्टेन्ट र शैलीका साथै संचार माध्यममा मल्टीमिडिया र प्रविधिको प्रयोग र अडियन्स इन्गेजमेन्ट एवं पाठक केन्द्रित प्रकाशनलाई बढि महत्व दिइएको उनले बताए।

वरिष्ठ संचारकर्मी तथा मिडिया एड्भोकेसी ग्रुपकी कार्यकारी निर्देशक बबिता बस्नेतले महिला पत्रकारहरुमा कोभिड १९ ले ल्याएको असर, चुनौती र भूमिकाका बारेमा बताउँदै प्रविधिमा महिलाहरुको सहभागिता कम रहेकोमा कोभिड १९ का कारण सूचना प्रविधिको प्रयोग र विस्तारमा भएको बृद्धिसँगै महिलाहरुले पनि यसबाट लाभान्वित हुने अवसर पाएको बताईन् ।

सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले सूचना प्रविधिको विकास सँगै चुनौतीहरु पनि थपिएको उल्लेख गरिन् । उनले सूचनाको श्रोतको स्तर र सही सूचना पाउने नागरिकको हकमा महामारीको समयमा बृद्धि भए पनि प्रविधिले विश्वसनीयता बढाउन भने नसकेको दाबी गरिन् ।

सनवे ईन्टरनेशनल बिजनेस स्कूलका संयोजक मनिष महर्जनले इन्टरनेट अफ थिङ्गसको विषयमा प्रकाश पारेका थिए ।

easy care

प्रकाशित: २० भाद्र २०७८, आईतवार

ताजा समाचार