ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजी तथा जेड फ्लीप थ्री फाइभजी बजारमा, यस्तो छ बजार मूल्य

Technology Khabar २० भाद्र २०७८, आईतवार

ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजी तथा जेड फ्लीप थ्री फाइभजी बजारमा, यस्तो छ बजार मूल्य

सामसङले आफ्ना दुईओटा फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ। सामसङ नेपालले आज एक कार्यक्रमकाबिच दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीप थ्री फाइभजी भित्र्याएको हो।

ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीप थ्री फाइभजीमा विशेष तरिकाबाट काम गर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिने कम्पनीले जनाएको छ।

सामसङले आफ्ना यी दुई फोल्डेबल फोनहरुमा उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनलाई विशेष प्राथमिकता दिएको छ। नयाँ ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजीमा प्रोडक्टिभिटी तथा निरन्तर मनोरञ्जन प्रदान गर्न मल्टिटास्किङ्ग पावर हाउसको साथ ७.६ इन्चको इन्फिनिटि फ्लेक्स डिस्प्ले, कार्य क्षमता तथा एस पेन जस्ता सुविधाहरु रहेको कम्पनीले जनाएको छ।

यसमा ग्राहकले एस पेनको सहायताले फोल्डेबल स्क्रिनमा अन द गोको अवस्थामा पनि अन्य कार्यहरु गर्न सकिने कम्पनीले जनाएको छ।

ग्यालेक्सी जेड फ्लीप थ्री फाइभजीमा अरु भन्दा फरक देखिन चाहनेहरुका लागि उपयुक्त फोन भएको कम्पनीको दाबी छ। यसका कलर विकल्पहरु, रिफान्ड फिनिस जस्ता विशेषताहरुले यो फोन वास्तवमै आकर्षक र सबैको रोजाइमा पर्ने कम्पनीले दावी गरेको छ। यी फोन लिन चाहने ग्राहकहरुले प्रि बुकिङमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाउने कम्पनीले जनाएको छ।

ग्राहकले न्यूनतम १० हजार ५ सय तिरेर ईएमआई सुविधा लिनसक्ने पनि कम्पनीले जनाएको छ।

यसैगरी, यी फोनमा १२ महिनासम्मको निःशुल्क ब्रेकेज इन्स्युरेन्सको सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ। ग्राहकहरुले यो फोन खरिद गर्ने क्रममा आफ्नो फोनलाई अर्को स्टोर तथा आईएमएस स्मार्टबाट ६ हजारसम्म थप सुविधामा साट्न सकिने सुविधा पनि उपलब्ध गराएको छ ।

यसैगरी, यी स्मार्टफोनहरुको प्रि–बुकिङ्ग गर्ने ग्राहकहरुले विभिन्न कम्पनी तथा होटेलहरुमा १० हजारसम्मको उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो फोन फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रीन तथा फ्यान्टम सिल्भरमा उपलब्ध छ । १२ जीबी र २५६ जीबीको ग्यालेक्सी जेड फोल्ड थ्री फाइभजीको मूल्य २ लाख १९ हजार ९९९ तथा १२ जीबी र ५१२ जीबीको स्टोरेज अप्सनको मूल्य २ लाख २९ हजार ९९९ तोकिएको छ ।

साथै क्रिम, ल्याभेन्डर तथा फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध ८ जीबी २५६ जीबीको ग्यालेक्सी जेड फ्लीप थ्री फाइभजीको मूल्य १ लाख २४ हजार ९९९ तोकिएको कम्पनीले जनाएको छ । यी फोनहरु प्रि–अडर भदौ २० गते देखि असोज ४ गतेसम्म गर्न सकिने पनि कम्पनीले जनाएको छ भने असोज ६ गतेदेखि आधिकारिकरुपमा सामसङका ब्रान्ड सपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २० भाद्र २०७८, आईतवार

Loading...