फेसबुकले अश्वेत व्यक्तिको भिडियोलाई ‘बाँदर प्रजातिको’ लेबल लगाइदिएपछि…

Technology Khabar २० भाद्र २०७८, आईतवार

फेसबुकले अश्वेत व्यक्तिको भिडियोलाई ‘बाँदर प्रजातिको’ लेबल लगाइदिएपछि…

काठमाडौं ।

फेसबुकले हालै आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले अश्वेत व्यक्तिको भिडियोलाई बाँदर वा चिम्पान्ञी प्रजातिको नाम दिएकोमा क्षमायाचना गरेको छ।

एआईले भिडियोलाई लेभलिङ गर्ने क्रममा अश्वेत व्यक्तिको भिडियोलाई प्राइमेट्स अर्थात चिम्पान्जी गोरिल्ला लगायतका बाँदर प्रजातिको भनेर छुट्याएपछि कम्पनीले माफी माग्दै भविष्यमा यस्तो गल्ती दोहोरिन नदिने बताएको हो।

न्यूयोर्क टाइम्समा हालै आएको एक रिपोर्ट अनुसार गत जुन २७ मा बेलायतको ट्याब्लोइड समाचारपत्र डेली मेलले पोस्ट गरेको भिडियो हेर्ने यूजरलाई ‘प्राइमेट्स अर्थात् चिम्पाञ्जीलगायत बाँदर प्रजातिको भिडियो हेर्न चाहने/नचाहने’ भन्ने अप्शन दिइएको थियो।

फेसबुकले उक्त गल्ती भएको थाहा पाउनेबित्तिकै त्यो शीर्षकसँग सम्बन्धित सबै सुझावहरुलाई डिसेबल गरिदिएको फेसबुकका एक प्रवक्ताले इमेल मार्फत् आफूहरुलाई जानकारी गराएको द भर्जले लेखेको छ।

‘यो स्पष्टरुपमा अस्वीकार्य गल्ती हो’, ती प्रवक्ताले उल्लेख गरेका हुन्। कम्पनीले यस्तो गल्ती दोहोरिन नदिन यस विषयमा अनुसन्धान गरिरहेको पनि बताएको छ।

कम्पनीले आफ्नो एआई प्रणालीमा सुधार ल्याइरहेको भए पनि यो पूर्ण नभएको र यो क्षेत्रमा अझै धेरै गर्नुपर्ने देखिएको बताएको छ। साथमा यस्ता अपमानजनक सुझाव कसैले पाएको भए उनीहरुसँग माफी पनि मागको छ।

सन् २०१५ मा गुगलले पनि आफ्नो फोटोज एपमा ट्याग भएका अश्वेत व्यक्तिलाई ‘गोरिल्ला’ भन्ने लेबल दिएकोमा माफी माग्नुपरेको थियो। गत वर्ष फेसबुकले आफ्नो अल्गोरिदम युक्त एआई इन्स्टाग्रामलगायतका एपमा राख्नु रंगभेदी हिसाबले गलत हुन्छ या हुँदैन भनेर अध्ययन गरिरहेको बताएको थियो।

यस्तै गत अप्रिलमा फेडरल ट्रेड कमिसन एफटीसीले एआई टूलहरुले देखाइरहेको रंगभेदी तथा लैंगिक विभेदयुक्त व्यवहार उधारो/कर्जा, आवास तथा रोजगारीसम्बन्धी निर्णयका लागि प्रयोग गरिएमा अमेरिकाको उपभोक्ता संरक्षण कानूनको उल्लङघन हुने चेतावनी दिएको थियो।

‘यसको जिम्मेवारी आफैं लिनुहोस्, वा एफटीसीले तपाईँलाई जिम्मेवारी लिन बाध्या पारुन्जेल कुर्नुहोस्’, एफटीसीकी गोपनीयता अधिकारी एलिसा जिल्सनले उक्त एजेन्सीको वेबसाइटमा लेखेकी थिइन्।

एजेन्सीका साथमा

easy care

प्रकाशित: २० भाद्र २०७८, आईतवार

ताजा समाचार