भर्जिन ग्यालेक्टिकको स्पेसशिप२ एफएएद्वारा ‘ग्राउन्डेड’, परीक्षण उडानको अनुसन्धान जारी

Technology Khabar २० भाद्र २०७८, आईतवार

भर्जिन ग्यालेक्टिकको स्पेसशिप२ एफएएद्वारा ‘ग्राउन्डेड’, परीक्षण उडानको अनुसन्धान जारी

अमेरिकाको फेडरल एभिएशन एडमिनिस्ट्रेशन एफएएले भर्जिन ग्यालेक्टिकको स्पेसशिप२ लाई ‘ग्राउन्डेड’ गरिदिएको छ।

उक्त निकायले केही समयअघि कम्पनीका सीईओ रिचर्ड ब्रान्सनसहितको उच्च-व्यक्तिहरु यात्रुका रुपमा रहेको परीक्षण उडानका बारेमा अनुसन्धान नटुंगिएसम्मका लागि यो अन्तरिक्ष विमानलाई ‘ग्राउन्डेड’ गरेको हो।

गत जुलाईमा भएको ब्रान्सनसहितको उडानमा स्पेसशिप२ पृथ्वीमा झर्ने क्रममा आफ्नो अनुमोदित एयरस्पेसभन्दा बाहिर गएको थियो।

‘कम्पनीले अब एफएएले उक्त घटनाको अनुसन्धानको अन्तिम विवरण पेश गर्नु वा उक्त घटनाले सार्वजनिक सुरक्षामा कुनै आँच नआउने प्रमाणित नगरुन्जेल स्पेसशिप२ विमानको उडानमा फर्किन सक्ने छैन’, एफएएका एक प्रवक्ताले गत बिहीबार बताए।

यात्रु विमानको झैं पँखेटा भएको स्पेसशिप२ विमान गत जुलाइमा कम्पनीका सीईओसहित अन्तरिक्षको छेउसम्म सकुशल पृथ्वीमा फर्केको थियो। तर त्यसको १ हप्तापछि उक्त प्रक्षेपण कम्पनीले भने झैं सुरक्षित रुपमा हुन नसकेको चर्चा चलेको थियो।

गत बुधबार न्यू योर्करमा प्रकाशित एउटा समाचारमा एफएएले उक्त घटना सम्बन्धमा अनुसन्धान गरिरहेको र यूनिटी २२ का दुई पाइलटलाई उक्त उडान भर्ने बेला रातो र पहेँलो रंगको चेतावनी दिइएको तथ्य बाहिरिएको थियो।

न्यू योर्करका अनुसार ती प्रकाशहरुले उक्त स्पेसशिप अन्तरिक्षमा पुगेपछि पृथ्वीमा फर्कनका लागि आवश्यक गति प्राप्त गर्न सक्ने हिसाबले आवश्यक मात्रामा  ‘भर्टिकल’ उडान गर्न नसकेको भन्ने जनाउँछ।

सम्बन्धित समाचार

भर्जिन ग्यालेक्टिक स्पेसक्राफ्टमार्फत अर्बपति रिचर्ड ब्रान्सन आइतवार अन्तरिक्षमा जाँदै

जेफ बेजोसभन्दा अगाडी नै भर्जिन ग्यालाक्टिकबाट जुलाई ११ मा रिचर्ड ब्रान्सन अन्तरिक्षमा जाने

भर्जिन ग्यालेक्टिकको अन्तरिक्षसम्म पुग्ने यान निर्माणमा नेपाली युवासमेत सहभागी

अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेक्टिकको शेयर अर्बपति ब्रान्सनले ३० करोड डलरमा बेचे

TK Viber

प्रकाशित: २० भाद्र २०७८, आईतवार

Loading...