सबै निगरानीयुक्त डाटा डिलिट गर्न स्पाइफोनलाई एफटीसीको आदेश

Technology Khabar २० भाद्र २०७८, आईतवार

सबै निगरानीयुक्त डाटा डिलिट गर्न स्पाइफोनलाई एफटीसीको आदेश

अमेरिकाको संघीय व्यापार नियोग (फेडरल ट्रेड कमिशन) एफटीसीले स्पाइफोन स्पाइवयर एपको डेभलपरलाई संकलित सबै डाटाडिलिट गर्न निर्देशन दिएको छ।

गत सेप्टेम्बर १ मा एफट्टीसीले स्पाइफोन तथा त्यसका सीईओ स्कट जुकरम्यानलाई निगरानी व्यवसायबाटै प्रतिबन्ध लगाइने र अवैध रुपमा संकलन गरेका सबै डाटा डिलिट गर्नुपर्ने साथै यसका बारेमा पीडितहरुलाई जानकारी गराउनुपर्ने आदेश दिएको हो।

‘निगरानी एप कम्पनीले गुप्तरुपमा व्यक्तिहरुको शारीरिक हाउभाउ, फोनको प्रयोग तथा अनलाइन गतिविधिहरु छद्मरुपमा डिभाइस ह्याक गरेर संकलन गर्ने गरेको पाइएको छ,’ एफटीसीले भनेको छ।

उसका अनुसार उक्त एपले आफूले गरेका गुप्त निगरानीलाई रियल टाइममा बेच्ने गरेको साथै स्थानीय अवैध गतिविधि गर्नेहरुलाई आफ्ना हिंसाको लक्षित व्यक्तिका गतिविधिबारेमा थाहा पाउन सजिलो पनि भएको छ।

स्पाइफोन तथा सीईओ जुकरम्यानलाई एपद्वारा अवैध रुपमा संकलित जानकारीको आधारभूत सुरक्षा मापदण्ड पूरा गर्न नसकेको आरोप छ।

सन् २०१८ मा एउटा अनलाइन सर्भरले ठूलो परिमाणको स्पाइफोनको डाटा लीक गरेको थियो। उक्त डाटा पछि ‘ह्याभ आई बीन प:न्ड?’ सर्च इन्जिनमा समेत पाइएको थियो।

TK Viber

प्रकाशित: २० भाद्र २०७८, आईतवार

Loading...