विश्वव्यापी चिप अभावका कारण भारतमा कार डेलिभरीमा विलम्ब हुन सक्ने

Technology Khabar २० भाद्र २०७८, आईतवार

विश्वव्यापी चिप अभावका कारण भारतमा कार डेलिभरीमा विलम्ब हुन सक्ने

काठमाडौं ।

भारतमा विश्वव्यापी चिप अभावका कारण मारुति सुजुकी, महिन्द्रा एन्ड महिन्द्रा तथा टाटा मोटर्ससहित प्रमुख भारतीय अटोमोबाइल निर्माताले उत्पादनमा ढिलाइको सामना गर्नु परिरहेको छ।

आनन्द महिन्द्राको नेतृत्वमा रहेको महिन्द्रा एन्ड महिन्द्राले सेप्टेम्बर २०२१ मा आफ्नो खटोमोटिभ डिभिजन संयन्त्रमा लगभग एक हप्ताको ‘नो प्रोडक्शन डेज’ मनाउने निर्णय गरेको छ।

परिणामस्वरूप अटोमोटिभ डिभिजनको उत्पादनमा आगामी सेप्टेम्बरमा  २० देखि २५ प्रतिशतसम्मको कमी आउने अनुमान गरिएको छ। यसले समग्र आम्दानी र नाफामा पनि प्रभाव पार्ने निश्चित छ।

कम्पनीले भनेको छ, ‘कम्पनीको अटोमोटिभ डिभिजनले सेमिकन्डक्टर आपूर्तिमा कमीको सामना गर्नु परिरहेको छ। यसबाट पर्ने प्रभावलाई सीमित गर्न कम्पनीले विभिन्न लागत अनुकूलनको उपाय अवलम्बन गर्दै आइरहेको छ। कम्पनीले चिप आपूर्तिको स्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरिरहेको छ। यसको प्रभावलाई कम गर्न हरसम्भव प्रयास जारी छ।’

तर यो अभावले एक्सयूभी७०० को उत्पादन र सार्वजनिक गर्ने योजनामा कुनै प्रभाव नपर्ने बताइएको छ। एक्सयूभी७०को बुकिङ शुरू हुने मिति छिट्टै घोषणा हुने तय भएको छ। कम्पनीको ट्र्याक्टर सञ्चालन, निर्यात, ट्रक तथा बस व्यवसायका साथै तीनपाङ्ग्रे सवीको उत्पादनमा भने चिप अभावले खासै फरक पारेको छैन।

अर्कोतिर टाटा मोटर्सले भनेको छ, ‘सेमिकन्डक्टको अभावले वैश्विक स्तरमा अटो उद्योगलाई नै प्रभावित गरेको छ। पूर्वी एसियामा भलिरहेको लकडाउनले आपूर्ति स्थितिलाई अझ खराब बनाएको छ । त्यसैले टाटा मोटर्सले आउँदा महिनाहरुमा उत्पादन तथा अफटेकको मात्रा घटाउन बाध्य हुनुपरेको छ। यो स्थिति अझै चलिरहेकाले हामी यसको प्रभाव कम गर्नेतर्फ प्रयासरत छाैं।’

Global Bank
easy care

प्रकाशित: २० भाद्र २०७८, आईतवार

ताजा समाचार