यस्तो छ प्रयोगकर्ताको मुटुको धडकन मापन गर्नसक्ने कन्डक्टिभ कार्बन नानोट्यूब फाइबरयुक्त टिशर्ट

Technology Khabar १९ भाद्र २०७८, शनिबार

यस्तो छ प्रयोगकर्ताको मुटुको धडकन मापन गर्नसक्ने कन्डक्टिभ कार्बन नानोट्यूब फाइबरयुक्त टिशर्ट

काठमाडौं ।

अमेरिकाको राइस युनिभर्सिटीका शोधकर्ताहरुले ‘स्मार्ट कपडा’ बनाउने एउटा तरीका पत्ता लगाएका छन्, जसको माध्यमबाट मुटुको चाललाई निगरानी गर्न सकिन्छ।

कन्डक्टिभ कार्बन नानोट्यूब फाइबरको उपयोग गरेर एक एथलेटिक टिशर्ट तयार गरिएको छ, जसले सही तरीकामा तपाइँको मुटुको धड्कनको दर मापन गर्न सक्ने बताईएको छ।

अन्वेषकहरुकाअनुसार नानोट्यूब फाइबर सफलतापूर्वक टिशर्टमा प्रत्यारोपण गरीएको छ, जसले लगातार यो लगाएको व्यक्तिको इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) मापन गर्दछ।

राइस विश्वविद्यालयमा एक स्नातक विद्यार्थी र यस अध्ययनको प्रमुख लेखिका लरेन टेलरले एक प्रेस विज्ञप्तिमा भनिन्, “टिशर्टले सही ढंगले काम गर्नको लागी, यो पूर्णरुपमा छातीमा टाँसिएको हुनुपर्छ जसले गर्दा छालाको सतह अधिक भन्दा अधिक फाइबरसंग सम्पर्कमा हुनेछ। ”

उनले जानकारी दिएअनुसार सो डकुमेन्ट अमेरिकन केमिकल सोसाइटी जर्नल नानो लेटर्समा ३० अगस्तमा प्रकाशित भएको छ।

टेलरले बताएअनुसार टिशर्टको जिगज्याक ढाँचा समायोजन गर्न सकिने किसिमको छ र यो स्ट्रेचेबल फेब्रिक कपडाको लागि उपयुक्त छ।

फेब्रिकलाई वासिङ्ग मेसिनमा धुन सकिनेछ। साथै, यो निकै नरम र धेरै लचिलो हुनुको कारण जिगज्याक ढाँचा हो।

शोधकर्ताहरुकाअनुसार फाइबरले ब्लुटुथ ट्रान्समिटर जोड्ने इलेक्ट्रोडकोरुपमा काम गर्न सक्छ जसले स्मार्टफोन वा बाह्य मनिटरमा डाटा ल्याउँछ। एजेन्सी

Global Bank
easy care

प्रकाशित: १९ भाद्र २०७८, शनिबार

ताजा समाचार