अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले अपूरणीय असफलताको सामाना गर्ने रुसको चेतावनी

Technology Khabar १९ भाद्र २०७८, शनिबार

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले अपूरणीय असफलताको सामाना गर्ने रुसको चेतावनी

काठमाडौं ।

एकमात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुरानो उपकरण र हार्डवेयरको कारण “अपूरणीय” विफलताको सामना गर्न सक्ने एक रूसी अधिकारीले चेतावनी दिएका छन्।

भ्लादिमीर सोलोभ्योभले सरकारी सञ्चारमाध्यमलाई भनेअनुसार आईएसएसको रुसी सेगमेन्टमा कम्तीमा ८० प्रतिशत उड्डयन प्रणालीको म्याद सकिएको थियो। उनकाअनुसार साना चिराहरु पत्ता लागेको थियो जुन समयसंगै बिग्रन सक्ने बिबिसीले उल्लेख गरेको छ।

रसियाले प्राय हार्डवेयरको बारेमा चिन्ता उठाउँदै आएको थियो र यसले सन् २०२५ पछि आईएसएस छोड्न सक्ने सुझाव दिईयो।

स्टेशन १९९८ मा रूस, अमेरिका, क्यानाडा, जापान र धेरै युरोपेली देशहरुको बीच एक संयुक्त परियोजनाको भागको रूपमा बनाईएको थियो र मूल रूपमा एक १५ बर्षे जीवनकालको लागी डिजाइन गरीएको थियो।

अन्तरिक्ष कम्पनी एनर्जियाका प्रमुख इन्जिनियर सोलोभ्योभ, जो रुसको आईएसएसको खण्डको अग्रणी विकासकर्ता हो, ले भने, “साँच्चिकै रूपमा एक दिन (उडानमा) प्रणालीहरु पूर्ण रूपले समाप्त भैसकेपछि अपूरणीय विफलताहरु शुरू हुन सक्छन्।”

उनले गत बर्ष स्टेशनमा धेरै उपकरणहरुको समय सकिन शुरू भएको चेतावनी दिएका थिए र चाँडै प्रतिस्थापन गर्नका लागी आवश्यक छ।

केहि महिनाअघि रसियाले आईएसएसमा जोडेको नौउका मोड्यूलमा अचानक समस्या आउँदा आईएसएस नै सरेको थियो।

easy care

प्रकाशित: १९ भाद्र २०७८, शनिबार

ताजा समाचार