विद्युत प्राधिकरणको विभिन्न पदको आवेदन फारम शुल्क खल्ती वालेटबाट सिधै भुक्तानी गर्न सकिने

Technology Khabar १८ भाद्र २०७८, शुक्रबार

विद्युत प्राधिकरणको विभिन्न पदको आवेदन फारम शुल्क खल्ती वालेटबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडौं ।

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट सजिलै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ।

आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्तीबाट सजिलै भुक्तानी गर्न सक्नेछन्।

दरखास्त दिने मिति यहि भदौ १८ देखि असोज ७ सम्म रहेको छ। यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले असोज १४ गतेसम्म दोब्बर दस्तुर तिरेर अन्तिम दरखास्त दिन सक्नेछन्।

कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनिकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले जानकारी दिए।

प्राधिकरणको आधिकारीक वेबसाइटबाट विभिन्न पदको लागि अनलाइन फारम भरीसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनौट गरी त्यसमा लाग्ने शुल्क सजिलै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

ताजा समाचार