हार्मोनीओएसका यूजर ९ करोड पुगे, प्रत्येक सेकेन्ड ८ यूजर बढ्दै

Technology Khabar १८ भाद्र २०७८, शुक्रबार

हार्मोनीओएसका यूजर ९ करोड पुगे, प्रत्येक सेकेन्ड ८ यूजर बढ्दै

चिनियाँ टेक जायन्ट ह्वावेले यो वर्षभरीमा हार्मोनीओएस २.० ३० करोड डिभाइसमा पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ।

यो सङ्ख्या निकै ठूलो भए पनि जसरी हाल यो ओएसका यूजरहरु बढिरहेका छन्, यो हिसाबले उक्त आँकडा पनि भेट्न सम्भव हुने देखिन थालेको छ।

जुनको शुरुमा यो ओएसको १ करोड यूजर भएकामा अगस्ट अन्त्यसम्ममा ७ करोड पुगेका र हाल आएर त्यसमा २ करोड थप हुँदै ९० करोडको आँकडा छोएको छ।

कम्पनीले योजना बनाएको ३० करोडमध्ये लगभग १० करोड तेस्रो पक्षका डिभाइस  रहने भएकाले तिनीहरु आईओटी तथा अरु स्मार्ट ग्याजेट हुने आकलन गरिएको छ।

एक हप्तामा २ करोड यूजर थपिनुमा सबै नयाँ हुन् वा एन्ड्रोइडबाट यो ओएसमा आएकाहरु हुन् भन्ने कम्पनीले प्रष्ट पारेको छैन।

यो ओएस अगस्टको शुरुवातसम्म ह्वावे र अनरका गरी ६५ ओटामा सपोर्ट गर्नेमा महिनाको अन्त्यसम्म आइपुग्दा १०० ओटा डिभाइस पुगेका थिए।

हाल हार्मोनीओएसको फर्मवयर ह्वावे र अनरका पुराना ६५ ओटा मोडलमा रिलिज भइसकेको छ भने अन्य थुप्रैमा बाँकी छ। यी रिलिजहरु समूहमा हुने भएकाले एक्टिभ डिभाइसको सङ्ख्या ह्वात्तै बढ्ने हो।

ह्वावेको कन्जुमर बिजनेस ग्रुपका सीईओ रिचर्ड युका अनुसार हार्मोनीओएस २.० का यूजर प्रत्येक सेकेन्ड ८ जना बढिरहेका छन्।

सम्बन्धित समाचार

हार्मोनीओएसका यूजर ७ करोड पुगे, स्टेबल अपडेट १०० भन्दा बढी डिभाइसमा उपलब्ध

हार्मोनीओएसमा माइग्रेट भएपछि पनि डिभाइसहरुले सबै डाटा सुरक्षित राख्ने

ह्वावेको हार्मोनीओएसमा १ लाख ३४ हजार एप उपलब्ध, ४० लाख डेभलपर जोडिए

TK Viber

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

Loading...