सामसङद्वारा स्मार्टफोनका लागि २०० मेगापिक्सेल सेन्सरको विकास, फ्ल्यागशिप फोनमा प्रयोग हुन सक्ने

Technology Khabar १८ भाद्र २०७८, शुक्रबार

सामसङद्वारा स्मार्टफोनका लागि २०० मेगापिक्सेल सेन्सरको विकास, फ्ल्यागशिप फोनमा प्रयोग हुन सक्ने

सामसङले हालै स्मार्टफोनमा प्रयोग गर्नका लागि २०० मेगापिक्सेलको आईएसओसेल क्यामरा सेन्सर सार्वजनिक गरेको छ।

कम्पनीले विकास गरेको उक्त सेन्सरको नाम आईएसओसेल एचपी१ हो जसमा

पिक्सेल-बाइनिङ प्रविधि तथा अझ सुधारिएको लो-लाइट शूटिङजस्ता फिचरहरु समावेश छन्। कम्पनीले यो सेन्सर विकासको काम सन् २०१९ देखि नै गर्दै आएको थियो।

सामसङले यसलाई बजारमा ल्याएपछि यो फिचरले सबैको ध्यान तान्ने निश्चितजस्तै छ। फोटोग्राफीको शोख भएका यूजरका लागि यो निकै प्रभावकारी फिचर सावित हुनेछ।

.६४ माइक्रोन पिक्सेलयुक्त विश्वकै पहिलो सेन्सर

आईएसओसेल एचपी१ इन्डस्ट्रीको पहिलो २०० मेगापिक्सेल रेजोल्यूशनयुक्त सेन्सर हो। राम्रो प्रकाशमा यसले पुरै २०० मेगापिक्सेललाई ०.६४ माइक्रोन पिक्सलको रूपमा प्रयोग गर्न सक्छ। यो ०.६४ माइक्रोन पिक्सलको साथमा आउने विश्वको पहिलो सेन्सर पनि हो।

यसमा ChamleonCell प्रविधिको प्रयोग गरिएको छ जसले पिक्सेल बाइनिङ प्रविधिमा आधित भएर काम गर्छ।

सामसङको यो सेन्सरले कम प्रकाशमा आसपासको १६ पिक्सेललाई मिलाएर २.५ माइक्रोनका साथ १२.५ मेगापिक्सेलको फोटो खिच्छ। यसैले यसमार्फत् लिइएको फोटो बढी उज्यालो र स्पष्ट हुन्छ।

कुन डिभाइसमा उपलब्ध हुनेछ?

यो २०० मेगापिक्सेलको क्यामरा सेन्सर अर्को वर्ष आउने सामसङकै वा अन्य कम्पनीका फ्ल्यागशिप स्मार्टफोनमा प्रयोग हुने आकलन गरिएको छ। तर यस सम्बन्धमा कम्पनीले हालसम्म कुनै आधिकारिक जानकारी भने दिएको छैन।

TK Viber

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

Loading...