आयातित मोबाइलहरु एमडीएमएसमार्फत् दर्ता गर्न आयातकर्तालाई दूरसञ्चार प्राधिकरणको आग्रह

Technology Khabar १८ भाद्र २०७८, शुक्रबार

आयातित मोबाइलहरु एमडीएमएसमार्फत् दर्ता गर्न आयातकर्तालाई दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल नेपाल दूरसञ्चार प्राधिकरणले आयात गरिएका मोबाइल फोनहरु मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली- एमडीएमएसमार्फत् दर्ता गर्न आयातकर्ताहरुलाई आग्रह गरेको छ।

प्राधिकरणले शुक्रबार एउटा सूचना प्रकाशित गर्दै मोबाइल सेटको आयात तथा प्रयोगलाई विश्वस्त तथा भरपर्दो बनाउनको लागि मोबाइल सेटको टाइप अप्रुभल गराएर मोबाइल आयात गर्नु अगाडि आईएमईआई दर्ता गर्नुपर्ने व्यवस्था भएको पनि जानकारी गराएको छ।

सूचनामा मोबाइल सेटको स्तर स्वीकृति तथा आएमईआई दर्ता प्रयोजनको लागि व्यवसायिक मोबाइल आयात कर्ताले नेपाल दूरसंचार प्राधिकरणले सञ्चालन गरेको मोबाईल डिभाईस म्यानेजमेन्ट प्रणालीबाट दर्ता गर्न हुन अनुरोध गरिएको छ।

भीपीएन क्लाइन्टमार्फत् प्रणालीमा पहुँच गर्नुपर्ने

त्यसका लागि हाललाई सम्बन्धित व्यवसायिक मोबाइल आयातकर्ताले भीपीएन क्लाइन्ट प्रयोग गरी प्रणालीमा पहुँच स्थापित गर्न सक्ने बताइएको छ।

उक्त प्रणालीमा पहुँच स्थापित गर्ने क्रममा कुनै प्राविधक समस्या आएमा प्राधिकरणमा सम्पर्क गर्नु पनि प्राधिकरणले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

२ करोड ८१ लाख खर्चेर एमडीएमएस राख्ने अस्थाई घर बनाउँदै दूरसञ्चार प्राधिकरण

दुई महिनाभित्र मोबाइल दर्ता गर्नुपर्ने नभए सिमकार्ड प्रयोग गर्न नमिल्ने

एमडिएमएस उपकरण सूचना प्रविधि केन्द्रमा तयारी अवस्थामा, साउन १ गतेदेखि अवैध मोबाइल बन्द

एमडिएमएसको जिम्मा पाएको कम्पनीलाई लकडाउनको ‘चिठ्ठा’, अझै शुरु भएन् तर थपियो समय

मोबाइल डिभाइस म्यानेजमेन्टको उपकरण आयात गर्न ‘एलसी’ खोलियो, मार्चभित्रै सिस्टम राख्ने तयारी

जेठदेखि अवैध मोबाइल बन्द गर्ने एनटीए अध्यक्ष पुरूषोत्तम खनालको भनाइ

TK Viber

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

Loading...