चिप अभावका कारण जनरल मोटर्सका उत्तर अमेरिकी प्लान्टबाट उत्पादन स्थगित

Technology Khabar १८ भाद्र २०७८, शुक्रबार

चिप अभावका कारण जनरल मोटर्सका उत्तर अमेरिकी प्लान्टबाट उत्पादन स्थगित

काठमाडौं ।

विश्वव्यापी चिप अभावका कारण जनरल मोटर्सले आफ्नो उत्तर अमेरिकामा रहेको प्लान्टबाट हुने उत्पादन तत्काललाई स्थगित गर्ने भएको छ।

कम्पनीले आउँदो सोमबारबाट लागू हुने गरी उत्तर अमेरिकामा रहेका आफ्ना चार ओटै प्लान्टको उत्पादन स्थगित गर्न लागेको हो।

यो स्थगनले चेभी सिल्भराडो तथा जीएमसी सियरालगायतका कम्पनीको सबैभन्दा फाइदाजनक मोडलहरुको उत्पादनमा असर पर्ने बुझिएको छ।

‘यो बन्दको समयमा हामी प्लान्टको मर्मत तथा फोर्ट वायन तथा सिलाओलगायतका थुप्रै प्लान्टमा बाँकी रहेका गाडीहरु बिक्रीका लागि डिलरकोमा पठाएर उच्च मागलाई सम्बोधन गर्नेमा केन्द्रित हुनेछाैं, ’  जीएमका प्रवक्ताले अमेरिको डेट्रोइट फ्री प्रेस नामक सञ्चारमाध्यमलाई बताए।

उनका अनुसार अवस्था जटिल रहे पनि कम्पनी आफ्नो टिमले गाडीङ्को उच्च माग र कम आपूर्ति रहेको यो अवस्थाको नकारात्मक सकेसम्म घटाउन विभिन्न सिर्जनशील उपायहरु अपनाउनेमा विश्वस्त रहेको पनि बताए।

जीएमले आफ्नो उत्पादन अस्थायी रुपमा स्थगित गरेको यो दोस्रो पटक हो। यसअघि गत अप्रिलमा पनि कम्पनीले २ हप्ताका लागि उत्पादन बन्द गरेको थियो।

Global Bank
easy care

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

ताजा समाचार