युट्युब प्रीमियम र म्युजिक सब्सक्राइबरको संख्या ५ करोड नाध्यो

Technology Khabar १८ भाद्र २०७८, शुक्रबार

युट्युब प्रीमियम र म्युजिक सब्सक्राइबरको संख्या ५ करोड नाध्यो

गुगलको स्वामित्वमा रहेको युट्युबले ५ करोड युट्युब प्रीमियम र म्युजिक सब्सक्राइबरको संख्या पुगेको जानकारी दिएको छ।

युट्युबको लागी यसको संगीत सेवाहरुले अर्को माइलस्टोन दावी गर्नको लागी धेरै लामो समय लागेन् । दुई करोड पुगिसकेपछि करिब डेढ बर्षमा नै ह्वात्तै संख्या बढेको बताएको इन्ग्याजेटले उल्लेख गरेको छ।

युट्युबको संगीत प्रमुख लियोर कोहेनका अनुसार यो पनि “छिटो बढ्दो” संगीत सदस्यता सेवा हो।

केहि बजारहरु अरु भन्दा बलियो थिए। कोहेनले ब्राजिल, भारत, जापान, रसिया र दक्षिण कोरियामा “प्रभावशाली बृद्धि” भएको बताएका छन्। तर उनले ती देशहरुमा वा अमेरिकामा भएका प्रयोगकर्ताहरुको संख्या खुलाएनन्।

तर युट्युबको सदस्याताको यो संख्या अझै स्पोटीफाई भन्दा निकै सानो हो । जून २०२१ सम्म स्पोटीफाईका १६.५ करोड प्रिमियम सब्सक्राइबर भएको थियो।

एप्पलले जून २०१९ पछि एप्पल म्युजिकको ग्राहक संख्या खुलाएको छैन् त्यसबेला सो सेवामा ६ करोड संख्या रहेको थियो, जबकि अमेजनले अन्तिम पटक ५.५ करोड संगीत सेवा ग्राहकहरु रहेका बताएको थियो।

यद्यपि। युट्युबले म्यूजिक वा प्रिमियम सब्सक्राइबरहरू कति थिए, वा उनीहरूले यसलाई कसरी प्रयोग गरे भन्ने संकेत गर्दैनन्।

जब तपाईँले प्रिमियम सदस्यता लिनुहुन्छ यसको अर्थ तपाइँ म्यूजीकको लागी प्रिमियमको उपयोग गरीरहनुभएको छ भन्ने होईन्, तपाइँ केवल विज्ञापनबाट छुटकारा पाउन र भिडियो डाउनलोड गर्न चाहानुहुन्छ। डाटा हेर्दा म्यूजिक स्ट्रिमिङ्ग संसारमा प्रतिस्पर्धा निकै कडा भएको देखिएको छ।

TK Viber

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

Loading...