यूरोपको डाटा सु्रक्षा कानुन उल्लंघन गरेकामा ह्वाट्सएपलाई २६ करोड डलरभन्दा धेरै जरिबाना

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

यूरोपको डाटा सु्रक्षा कानुन उल्लंघन गरेकामा ह्वाट्सएपलाई २६ करोड डलरभन्दा धेरै जरिबाना

आयरल्यान्डको डाटा प्रोटेक्शन कमिशन डीपीसीले ह्वाट्सएपमाथि २६ करोड ७० लाख डलर जरिबाना तोकेको छ।

ह्वाट्सएपका बारेमा थुप्रै सङ्ख्यामा गुनासाहरु आएका र डीपीसीले गरेको अनुसन्धान ह्वाट्सएपको पारदर्शिताको लेखापरीक्षणसँग सम्बन्धित रहेको थियो। यसैका आधारमा नियामक डीपीसीले उक्त फुला सुनाएको हो।

फेसबुक अन्तर्गतको मेसेजिङ एपका बारेमा यूरोपियन यूनियनको मुख्य डाटा सुपरभाइजरका रुपमा रहेको आयरल्यान्डको डाटा प्रोटेक्शन सेन्टरले सन् २०१८ देखि अनुसन्धान गर्दै आइरहेको थियो।

यूरोपको डाटा सुरक्षासम्बन्धी नियमावली जीडीपीआरको मुख्य सिद्धान्त भनेको सर्वसाधारणको डाटा प्रयोग गर्दा उनीहरुप्रति स्पष्ट, खुला तथा इमान्दार हुनुपर्ने हो।

आज आएको डीपीसीको निर्णयको निष्कर्ष ह्वाट्सएपले जीडीपीआरको मानक अनुसार काम गर्न नसकेको भन्ने छ।

ह्वाट्सएपमाथि उसले आफ्ना यूजरका फोनबुक लगायतका डाटा कसरी प्रयोग गर्छ र उसको माउ कम्पनीसँग यूजरका डाटा साझा गर्छ कि गर्दैन भन्नेबारेमा सोधपूछ गरिएको थियो।

समग्रमा ह्वाट्सएपले जीडीपीआरको दफा ५ (१) ए, १२ १३ र १४ को विपरीत हुने गरी पारदर्शिताको उल्लंघन गरेको डीपीसीको ठहर छ।

यो निर्णयपछि ह्वाट्सएपले उक्त निष्कर्षमाथि प्रश्न उठाउँदै र जरिबाना पूर्णरुपमा अनुपात नमिलेको भन्दै यसका विरुद्ध पुनरावेदन गर्ने जनाएको छ।

TK Viber

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

Loading...