क्लासिक टेकले समाचार साइट बन्द गरेको भन्ने समाचार भ्रामक र गलत भएको आईस्पानको भनाइ

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

क्लासिक टेकले समाचार साइट बन्द गरेको भन्ने समाचार भ्रामक र गलत भएको आईस्पानको भनाइ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले क्लासिकटेकले समाचार साइट बन्द गरेको भन्दै विभिन्न शीर्षकमा आएका समाचारहरु गलत र भ्रामक भएको बताएको छ।

संघले एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’ , ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका शीर्षकहरुमा प्रकाशित समचार प्रति आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएको छ।

यस घटनाबारे सत्य तथ्य बुझ्दा बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिँदै अतिरन्जितरुपमा समाचार प्रकाशन भएको संघको ठहर छ।

संघले उक्त साइटको वेबसाइट क्लासिक टेकमा होस्ट नभएकाले त्यसको स्वामित्व क्लासिक टेकमा नभई अन्तै रहने र त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसँग हुनु असम्भव रहेको प्रस्ट पारेको छ।

कुनै सञ्चारमाध्यमले कुनै एक संस्थाप्रति पूर्वग्रही भएर लागेको भेटिएकोले यस्ता अतिरन्जित कुरामा  नलाग्न तथा सूचनाको हक विपरीतको कार्य नगर्न पनि संघले अपिल गरेको छ।

यस्ता भ्रमपूर्ण, अतिरञ्जित समाचार प्रकाशन तथा प्रसारण गरिनुअघि  पत्रकारिताको सामान्य धर्म निर्वाह गरिदिन तथा जिम्मेवार हुन समेत संघले आग्रह गरेको छ।

यो विषयमा साथै भविष्यमा यस्ता विषय आएमा इन्टरनेट सेवा प्रदायक संघसँग पनि बुझेर रायसल्लाह लिन संघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

TK Viber

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

Loading...