स्मार्टफोनको आयु लामो होस् भन्ने चाहनुहुन्छ भने यी गल्ती कहिल्यै नगर्नुस् !

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

स्मार्टफोनको आयु लामो होस् भन्ने चाहनुहुन्छ भने यी गल्ती कहिल्यै नगर्नुस् !

स्मार्टफोन हिजोआज जीवनको अभिन्न अंगजस्तो भइसकेको छ। दैनिक जीवनका सबैभन्दा ठूलो आवश्यकतामा हामीले प्रयोग गर्ने डिभाइसहरुपनि पर्न थालेका छन्।

हाम्रा अधिकांश काम अब स्मार्टफोन वा स्मार्ट डिभाइसमार्फत् नै पूरा हुन थालेका छन्।

यसैकारणले पनि हुनसक्छ हिजोआज मानिसहरु आफ्नो अधिकांश समय स्मार्टफोन वा स्मार्ट डिभाइसमै बिताउने गर्छन्।

यसरी आधारभूत आवश्यकता जस्तै बनेको स्मार्टफोन धेरै समय चलाउँदा यसमा खराबी आउन सक्ने सम्भावना हुन्छ। यसबाहेक केही यस्ता बानीहरु छन् जुन हामी हाम्रो स्मार्टफोनसँग गर्द्छै जसले हामीले थाहा नपाउँदै यस्ता डिभाइसलाई बिगारिरहेको वा यसको आयु कम गरिरहेका हुन्छन्।

यदि तपाईँको पनि स्मार्टफोन चलाउँदा जानेर वा नजानेर यस्ता गल्ती गर्ने बानी छ भने स्मार्टफोनको लामो आयुका लागि यी बानीहरु त्याग्नु वा सुधार्नु जरुरी हुन्छ।

यस्ता छन् गल्तीहरु

काम सकिएपछि यी फिचर बन्द नगर्नु

मोबाइलमा रहेका वाई-फाई, जीपीएस तथा ब्लूटूथजस्ता कनेक्टिभिटी फिचरहरु काम सकिएपछि बन्द गर्नुहोस्

यसो नगर्नाले ब्याट्री धेरै खपत हुन्छ

यी फिचरहरु बन्द गर्नाले फोनको प्रोसेसरको स्पीड पनि बढ़्छ

भाइब्रेशन मोडको अनावश्यक प्रयोग

  •  भाइब्रेशन मोडलाई आवश्यक पर्दामात्र प्रयोग गर्नुहोस्केही मानिसहरु
  • भाइब्रेशन मोड सधैं अन राख्छन्
  •  यसो गर्नाले फोनको ब्याट्री छिट्टै सकिनछ। ब्याट्रीको आयु पनि कम हुन्छ।

स्क्रीन अन टाइम

  • स्क्रीन अन टाइम जति बढी भयो त्यति नै ब्याट्री धेरै खपत हुन्छ
  • फोनको ब्याट्री बचाउनका लागि ब्राइटनेस पनि कम राख्न सकिन्छ
  • अटो-ब्राइटनेस मोडको प्रयोग गर्नु राम्रो हुन्छ। यसले स्क्रीनको ब्राइटनेसलई उपलब्ध प्रकाशका आधारमा एडजस्ट गर्छ।
  • यसो गर्नाले अनावश्यक ब्याट्री खपत हुँदैन।

आवश्यकताभन्दा बढी चार्ज गर्नु

  • मोबाइललाई आवश्यकता पर्दा मात्र चार्ज गर्नुहोस्
  • ५०-६० प्रतिशत ब्याट्री छ भने चार्ज नगर्नुहोस्
  • यसो गर्नाले ब्याट्रीमा दबाब पर्न सक्छ जसका कारण यसमा समस्या आउन वा पड्किने सम्भावना पनि रहन्छ।
  • ब्याट्री २० प्रतिशत वा त्योभन्दा कम भएपछि मात्र चार्ज गर्नुहोस्

 

TK Viber

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

Loading...