आफूसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि अमेजनले स्टारलिंकको प्रस्तावमा बाधा पुर्याएको मस्कको आरोप

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

आफूसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि अमेजनले स्टारलिंकको प्रस्तावमा बाधा पुर्याएको मस्कको आरोप

अर्बपति तथा स्पेसएक्सका सीईओ इलन मस्कले आफूसँग प्रतिस्पर्धा गर्न नसकेपछि अमेजनका स्टारलिंकको उडानमा बाधा पुर्याएको आरोप लगाएका छन्।

बुधबार स्पेसएक्सले अमेरिकाको संघीय सञ्चार आयोग एफसीसीलाई अमेजनले आफ्नो स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाको प्रस्तावलाई जानी जानी ढिल्याइरहेको बताएका हुन्।

मस्कले अमजेनले आफ्नो स्याटेलाइट प्रणाली कुइपर सिस्टम्ससँग प्रतिस्पर्धा गर्न नसक्ने भएका कारण यस्तो गतिविधि गरिरहेको बताएको आर्ट्स टेक्निकाले उल्लेख गरेको छ।

यो उजुरी अमेजनका लागि पहिलो भने होइन। उसले स्पेसएक्सका विरुद्ध नासाको चन्द्रयान निर्माणमा पनि हालेको छ र त्यही उजुरीका कार्ण नासाले केही समयका लागि यो प्रक्रिया रोकेको छ।

‘अमेजनको हालैको गतिविधिको एउटैमात्र उद्देश्य आफ्नो नन जिओस्टेशनरी अर्बिट एनजीएसओ स्याटेलाइट सिस्टमबारे एफसीसीको चिन्ताको सम्बोधन गर्नुको साटो प्रतिस्पर्धामा विलम्ब गराउनु हो’, स्पेसएक्सले एफसीसीमा दर्ता गराएको उजुरीमा उल्लेख छ।

कम्पनीले यी गतिविधिमा मध्यनजर गर्दै स्पेसएक्सको प्रस्तावलाई सार्वजनिक सुझावका लागि खुला गर्नुपर्ने र त्यसमा केही समस्या आए तत्काल सुधारिने पनि बताएको छ।

अमेजनले गत हप्ता एफसीसीसमक्ष स्पेसएक्सको स्टारलिंकसम्बन्धी प्रस्ताव अस्वीकार गर्न आग्रह गरेको थियो। उनले स्याटेलाइट इन्टरनेटका लागि दुई अलग अलग कन्फिगरेशन दिएकोले एजेन्सीको नियम उल्लंघन भएको अभिव्यक्ति दिएका थिए।

त्यसको प्रतिक्रियामा स्टारलिंकले अमेजनले अझैसम्म अन्य सेवासँग जुध्नबाट कसरी जोगिने र अक्षमा भएका विभिन्न उपकरणजन्य फोहरका बारेमा कसरी नियम आत्मसात् गर्नेछ भन्ने कुरा नबताएको भन्दै कडा जवाफ दिएको थियो।

TK Viber

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

Loading...