भारतमा भीपीएन सेवामाथि प्रतिबन्ध लाग्न सक्ने, स्थायी रुपमै ब्लक गर्न माग

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

भारतमा भीपीएन सेवामाथि प्रतिबन्ध लाग्न सक्ने, स्थायी रुपमै ब्लक गर्न माग

भर्चुअल प्राइभेट नेटवर्क भीपीएन सेवामाथि भारतमा प्रातिबन्ध लाग्न सक्ने खतरा बढेर गएको छ।

हालै त्यहाँको गृह मामलाको संसदीय स्थायी समितिले साइबर खतरा तथा अन्य अवैध गतिविधिको सामना गर्न असहज हुने हुनाले भीपीएन सेवामाथि प्रतिबन्ध लगाउने योजना बनाएको बुझिएको छ।

सञ्चारमाध्यमहरुका अनुसार उक्त समितिले भीपीएन एप र टूल सजिलैसँग अनलाइनाम उपलब्ध रहेको र यसका माध्यमबाट साइबर अपराधीहरुले पहिचान लुकाउन सफल भएका छन्। यसैले भारतमा यो सेवामाथि प्रतिबन्ध लगाउन माग गरिएको हो।

यो सेवा स्थायी रूपमा ब्लक गर्न माग

रिपोर्टमा उक्त समितिले भारतमा इन्टरनेट सेवा प्रदायकका सहायताले देशमा भीपीएन सेवाहरु स्थायी रूपमा ब्लक गर्न सिफारिस गरिएको छ।

समितिले गृह मन्त्रालयलाई पनि भीपीए पहिचान गरेर स्थायी रूपमा ब्लक गर्न आग्रह गरेको छ। समितिले सरकारलाई अन्तरराष्ट्रिय नियोगहरुका मद्दतबाट समन्वय संयन्त्र बनाएर त्यसमार्फत् भीपीएनको उपयोगमा रोक लगाउन अनुरोध गरेको छ। तर यो सेवा कहिले प्रतिबन्धित हुनेछ भन्ने बारेमा हालसम्म कुनै जानकारी बाहिरिएको छैन।

TK Viber

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

Loading...