झूटो एनएफटी ३९ करोड रुपैयाँमा बिक्री, ह्याक भएको आशंका

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

झूटो एनएफटी ३९ करोड रुपैयाँमा बिक्री, ह्याक भएको आशंका

काठमाडौं ।

बेलायतमा एक ह्याकरले कलाकार ब्यांक्सीको आधिकारिक वेबसाइटमार्फत् एनएफटीको भ्रामक विज्ञापनमार्फत बिक्रीबाट प्राप्त२ लाख ४४ हजार पाउन्ड कलेक्टरसमक्ष  फिर्ता गरेका छन्।

यो रकम नेपाली मुद्रामा हिसाब गर्दा ३९ करोड रुपैयाँभन्दा माथि हुन्छ।

कलाकार ब्यांक्सीको आधिकारिक वेबसाइट ब्यांक्सी डट सीओ डट यूकेमा एउटा अनलाइन अक्शन अर्थात् लिलाम बढाबढको लिंक राखिएको थियो र हाल उक्त लिंक हटाइसकिएको छ।

ह्याकरले राखेको उक्त अक्शन ती पीडित व्यक्तिले अन्य प्रतिस्पर्धीको तुलनामा ९० प्रतिशत बढी बोली लगाएपछि बन्द भएको थियो।

तर ब्यांक्सीको एनएफटी अक्शनमा कुनै पनि तरिका र आकारमा कलाकारको संलग्नता नभएको ब्यांक्सीको टोलीले अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीलाइ बताएका छन्।

एनएफटीमार्फत् कुनै पनि कलाकृतिलाई किनबेच तथा प्रतिलिपि अधिकारका डिजिटल सर्टिफिकेट बनाउनका लागि सूचीकृत गर्न सकिन्छ।

ब्यांक्सीका फ्यान ती व्यक्तिले आफूले विश्वप्रसिद्ध ग्राफिटी कलाकारको पहिलो एनएनफटी किन्न पाएको महसुस गरेका बताइएको छ।

३० देखि ४० वर्षका ती व्यक्तिले ट्विटरको डीएममार्फत् गरिएको प्रश्नमा पहिचान नखोल्ने शर्तमा ब्यांक्सीको वेबसाइट ह्याक भएको र आफू त्यसैकफ शिकार भएको हुन सक्ने शंका व्यक्त गरेका छन्।

उनले उक्त ह्याकरले उक्त एनएफटी अक्शनमार्फत् पठाइएको रकममा २५०० पाउन्ड कारोबार शुल्क कटाएर सबै फिर्ता गरेको सोमबार बेलुका बताए। अनलाइनमा प्र्यांक्सी उपनाम राखेका ती एनएफटी संकलकले सबै घटनाको बेलिबिस्तार लगाउँदै उक्त ह्याकर डराएर रकम फिर्ता गरेको हुनसक्ने सुनाए।

Global Bank
easy care

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

ताजा समाचार