डिशहोमले नेपालमा पहिलो पटक प्रशारण गर्ने ला लिगामा फुटबलप्रेमीहरूको अभिरुची

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

डिशहोमले नेपालमा पहिलो पटक प्रशारण गर्ने ला लिगामा फुटबलप्रेमीहरूको अभिरुची

काठमाडौं ।

स्पेनिस फुटबल लिग ला लिगा विश्वभरका फुटबलप्रेमीहरूको लोकप्रिय प्रतियोगिता हो । फुटबल स्टारहरूको केन्द्र बन्दै आएको ला लिगा लिग शनिबारबाट सुरु हुँदैछ।

सो फुटबल प्रतियोगितालाई नेपालमा डिशहोमले एक्सक्लुसिभ प्रशारण गर्दैछ।

फुटबल स्टारद्धय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेन छाडेकाले यस पटकको ला लिगाको आकर्षण कम हुने हो कि ? भन्ने चिन्ताका बीच लिग सुरु हुन लागेको छ । यद्यपि थुप्रै चर्चित खेलाडीहरू यस प्रतियोगितामा सहभागी हुँदैछन् । मेस्सी केही दिनअघि मात्रै बार्सिलोना क्लबबाट बिदा भएका थिए ।

स्पेनिस मिडियाहरूले ला लिगा लिगको आकर्षण विगतमा भन्दा कम नहुने दावी गरेका छन् । विश्वकै महंगा खेलाडीहरू मेस्सीले बार्सिलाना र रोनाल्डोले रियल म्याड्रिड छोडेपछि दुई क्लबको व्यापारमा ठूलो गिरावट हुने बताइँदै आएको बेला ला लिगमा नयाँ खेलाडीहरूले आफूलाई स्थापित गर्ने मौका पाउने छन् ।

युरोपियन म्याचहरूमा नेपाली युवाहरूको पनि निकै आकर्षण छ । यस पटक पहिलो पल्ट नेपाली टेलिभिजनमै ला लिगा हेर्न सकिन्छ । डिशहोमको एक्शन स्पोर्टस एचडी २ ले यसको प्रत्यक्ष प्रसारण गर्दैछ।

यस पटकको म्याचमा मेस्सी र रोनाल्डोको स्थान कसले लिने हुन ? उनीहरूको अनुपस्थितिमा क्लबहरूले गुमाउने लाखौं डलरको व्यापार कसरी पूर्ति होला ? यी जिज्ञासाको जवाफ देख्न सकिने छ । कोरोनाको विश्वव्यापी महामारीका बीच हुन लागेको यस पटकको खेलमा स्वास्थ्य सुरक्षाप्रति स्पेनले निकै सावधानी अपनाउँदै छ।

यस लिगमा साविक विजेता एट्लेटिको मड्रिड उपाधि रक्षा गर्न लागिपर्ने देखिन्छ भने क्लासिको र एट्लेटिको, सेभिया जस्ता क्लब पनि उपाधिका दावेदारको रुपमा प्रस्तुत हुनेछन् ।

ला लिगामा अहिले चर्चामा रहेका पेड्रीलगायतका खेलाडी छन् । खेलप्रेमीहरूको नजर यस्ता खेलाडीहरूमा रहेको छ । एडेन हजार्ड र गारेथ बेल पनि चर्चित खेलाडी नै हुन् । नयाँ खेलाडी सर्जियो अगुएरो, एरिक लामेला पनि ला लिगा खेल्न क्लबहरूमा अनुबन्धित भइसकेका छन् ।

रायो भालेकानो, रियल मालोर्का, एस्पानयोल, गेटाफे, लेभान्टे, इल्चे र काडिज जस्ता क्लबहरूबाट हुने प्रदर्शन कस्तो रहने छ रु त्यसको आधारमा ला लिगाको आकर्षण बढाउने छ। अहिले ला लिगाका लागि धेरै खेलाडी स्पेनमा जम्मा भइसकेका छन् ।

ला लिगा क्लबहरुसँग पहिला भएको जस्तै पैसा छैन तर अझैपनि किलिएन एमबाप्पे र एर्लिन हालान्ड जस्ता युवा स्टारको नाम भविष्यमा स्पेनमा खेल्न सक्ने भनेर चर्चामा छ।

डिशहोमका ग्राहकहरुले रु दुई हजारको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर संचालन हुने खेलहरु हेर्न सक्नेछन् ।

डिशहोमका मल्टि टिभीका ग्राहकहरुले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप रु. दुई हजारको सिजन टिकट खरिद गर्नुपर्ने हुन्छ।

डिशहोमको ग्राहकहरुले ला लिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नमस्ते प्रयोगकर्ताहरुले टोल फ्रि नम्वर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताहरुले ९८०११५५००० वा ०१ ४२१७६६६ मा सम्पर्क गर्न सक्नेछन्।

के तपाईँपनि घरमा नै बसेर डिशहोमको च्यानलमा ला लिगा हेर्न तयार हुनुहुन्छ ?

Global Bank
easy care

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

ताजा समाचार