चीन र दक्षिण कोरिया मोबाइल भुक्तानी सेवाको उच्च कभरेज

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

चीन र दक्षिण कोरिया मोबाइल भुक्तानी सेवाको उच्च कभरेज
सांकेतिक तस्विर

काठमाडौं ।

मोबाइल भुक्तानी सेवाहरु सामान्यतया एशियाली देशहरुमा विश्वको अन्य क्षेत्रहरुको तुलनामा प्रयोग गरिन्छ। स्टाटिस्टाको डिजिटल मार्केट आउटलुक रिपोर्टका अनुसार, चीनको कुल जनसंख्यामा मोबाइल भुक्तानी प्रयोगकर्ताहरुको उच्चतम प्रतिशत रहेको छ ।

रिपोर्टले चीनमा लगभग ५० करोड  मोबाइल भुक्तानी सेवा प्रयोगकर्ताहरु रहेको देखाएको डिजीटाइम्सले उल्लेख गरेको छ।

त्यसैगरि भीएनएकाअनुसार दोस्रो र तेस्रो स्थानमा दक्षिण कोरिया र भियतनाम छन् । मोबाइल भुक्तानी सेवाहरु भौतिक पसल, रेस्टुरेन्ट, र अनलाइन स्टोरमा प्रयोग गरीन्छ।

चीनमा आफ्नो कुल जनसंख्याको ३९.५ प्रतिशतले मोबाइल भुक्तानी सेवाहरुको उपयोग गरिरहेको देखिएको छ, जबकि दक्षिण कोरियामा यस्तो प्रतिशत २९.९ प्रतिशत र भियतनाममा २९.१ प्रतिशत रहेको छ।

चीनको अलिपे र वीच्याट पे व्यापक रूपमा धेरै प्लेटफर्महरु तथा चीनमा लाखौं स्टोरहरु, पारम्पारिक बजारसहितका क्षेत्रमा अपनाईन्छ। त्यस्तै क्रेडिट कार्ड र नगद लगभग पुरा तरिकाले त्यागिएको छ।

चीनमा मोबाइल भुक्तानीको संख्या धेरै भएपनि कारोबार रकमको तुलनामा भने विकसित बजारहरुभन्दा निकै पछाडी रहेको देखिएको छ।

तथापि, चीनको प्रति परिवार प्रति मोबाइल लेनदेनको कुल राशी अमेरिका, यूके, नर्वे, र इटालीको तुलनामा धेरै पछाडि रहेकोछ। स्टाटिस्टाको अनुमान अनुसार प्रत्येक चिनियाँ प्रयोगकर्ताले २०२१ मा एप्सको माध्यमबाट २,३०० अमेरिकी डलरको औसत भुक्तानी गर्नेछन्, जबकि बेलायतीले ७,००० अमेरिकी डलर र अमेरिकीले ८,०० अमेरिकी डलर  मोबाइल मार्फत तिर्छन्।

easy care

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार

ताजा समाचार