इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान आधिकारीकरुपमा अब नेपाली बजारमा

Technology Khabar १६ भाद्र २०७८, बुधबार

इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान आधिकारीकरुपमा अब नेपाली बजारमा

काठमाडौं ।

अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अव नेपाली बजारमा पाईने भएको छ। रिसिक टेडिङ कन्र्सन प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ।

बिश्व बजारमा आफुलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ । यस कम्पनीले हरेक परिवारकालागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै बिश्व बजारमा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ।

नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् । रिसिक टेडिङ कन्सर्नकी म्यानेजिड डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अवदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु बिश्वस्त रहेको समेत बताईन् ।

२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु बिश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो । ८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्बर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तर्राष्ट्रिय ब्यापार प्रमुख बिश्वास अग्रवालले बताए ।

इन्टेक्स ब्राण्डका सामानको एक बर्ष देखि १० बर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए । नेपालमा आधिकारीक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्वर १ बनाउने प्रयासमा आफुहरु रहेको उनले जानकारी दिए ।

देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको उल्लेख गरेको छ ।

‘हाम्रो उदेश्य भनेको बेस्ट क्वालिटीका गुणस्तरीय सामान उपभोक्तालाई दिनु हो । हाम्रा ब्राण्डका सामान प्रयोग गर्ने कुनैपनि उपभोक्ताले पछुतो मान्नुपर्ने छैन । हामीले राम्रो सामान सहि मुल्यमा उपभोक्तलाई उपलब्ध गराउदै आएका छौँ,’ इन्टेक्स ब्राण्डका कन्ट्रि म्यानेजर बिनय जोशीले भने ।

Global Bank
easy care

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

ताजा समाचार