सबै सरकारी निकायका वेबसाइटहरु एकै किसिमको बनाउनुपर्ने निर्देशिका कार्यान्वयनमा

Technology Khabar १६ भाद्र २०७८, बुधबार

सबै सरकारी निकायका वेबसाइटहरु एकै किसिमको बनाउनुपर्ने निर्देशिका कार्यान्वयनमा
फाइल फोटो

सरकारले यसअघि नै मन्त्रिपरिषदबाट पास गरिएर जारी गरेको ‘सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८’ राजपत्रमा प्रकाशित गरि कार्यान्वयनमा ल्याएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले दिएको अधिकार प्रयोग गर्दै निर्देशिका जारी गरेको हो।
नयाँ निर्देशिका राजपत्रमा प्रकाशित भएसँगै लागू भएको हो।

सो निर्देशिका केपी ओलीको सरकार रहेकै बेलामा असार १४ गते बसेको मन्त्रिपरिषद बैठकले पास गरेको थियो। तर तत्कालिन समयमा राजपत्रमा प्रकाशित गर्न ढिलो हुँदा कार्यान्वयनमा आएको थिएन्। हाल करिब २ महिनापछि कार्यान्वयनमा आएको हो ।

हेर्नुस् सम्बन्धित समाचार-

सबै सरकारी निकायका वेबसाइटहरु अब एकै किसिमको बनाउनुपर्ने, नयाँ निर्देशिका जारी

निर्देशिकाले सरकारी वेबसाइटहरुको निर्माण व्यवस्थापन, र संचालनको लागि आवश्यक मापदण्डहरु तोकेको छ। त्यसैगरि सरकारी सबै वेबसाइटहरुमा एकरुपता ल्याउने छ।

त्यसैगरि निर्देशिकामा सरकारी वेबसाइटलाई व्यवस्थित गर्न, त्यसमा राखिने विषय वस्तु, प्रयोगको मूल्यांकनका साथै अध्यावधिक गर्नुपर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ।

जारी निर्देशिकाअनुसार अब सरकारी कार्यालयले निर्माण गर्ने हरेक वेबसाइटको सेक्यूरिटी अडिट गर्नुपर्ने प्रावधान लागू गरेको छ। अब सरकारी कार्यालयहरुले सूचना प्रविधि विभागबाट आफ्नो वेबसाइटको सुरक्षा र विश्वसनीयताको सम्बन्धमा वर्षमा कम्तिमा एकपटक परीक्षण गराउनुपर्ने भएको छ।

यस्तै, बेवसाइट सञ्चालन गर्ने प्रत्येक सरकारी कार्यालयहरुले वेबसाइट अध्यावधिक गर्नका लागि एक जना वेब एडमिनिष्ट्रेटर तोक्नुपर्ने व्यवस्था गरेको छ।

निर्देशिका बमोजिम वेबसाइटहरु सञ्चालन भए नभएको अनुगमनको कार्य मन्त्रालयले गर्ने व्यवस्था राखिएको छ ।

नयाँ निर्देशिका आएसँगै मन्त्रालयले सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गरेको छ।

यस्तो छ निर्देशिका-

सरकारी कार्यालयको वेबसाईट निर्माण तथा व्यवस्थापन सम्वन्धी निर्देशिका २०७८
TK Viber

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

Loading...