इन्स्टाग्राम प्रयोग गर्न अब जन्ममिति अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने

Technology Khabar १६ भाद्र २०७८, बुधबार

इन्स्टाग्राम प्रयोग गर्न अब जन्ममिति अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने

फेसबुकको स्वामित्वमा रहेको चर्चित एप इन्स्टाग्राममा अब जन्मदिन अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भएको छ।

यसअघि आफ्नो जन्मदिन सबैले देख्नेगरी उल्लेख नगरेका वा गर्न नचाहनेहरुले पनि अब भने कम्पनीले उल्लेख गर्नैपर्ने नियम ल्याएको हो।

कम्पनीले आफ्नो अनुभवलाई पर्सनलाइज गर्नका लागि यूजरलाई आफ्नो जन्मदिन उल्लेख गर्ने पप अप नोटिफिकेशन पठाउने आज बुधबार घोषणा गरेको हो।

तर उक्त पप अप नोटिफिकेशनलाई केही पटक हटाउन सकिने भए पनि अनिवार्य रुपमा उल्लेख गर्नैपर्ने हुन्छ। यो निर्णय अनलाइन प्लेटफर्ममा युवाहरुप्रतिको बढ्दो सुरक्षा जोखिमलाई मध्यनजर गर्दै ल्याउन लागेको एपको भनाइ छ।

यसो हुनुमा यसै वर्षको शुरुवातमा ल्याइएको किशोर किशोरीको गोपनीयता सुरक्षा तथा इन्स्टाग्रामको १३ वर्षमुनिका यूजरका लागि एपको छुट्टै भर्सन निकाल्ने दीर्घकालीन योजनाले पनि सहयोग गरेको बुझ्न सकिन्छ।

गत मार्चमा इन्स्टाग्रामले आफ्नो एपमार्फत् वयष्कहरुले किशोर किशोरीहरुसँग सम्पर्क गर्न नसक्ने नयाँ फिचर ल्याएको थियो।

जुलाइमा १६ वर्षमुनिका यूजरका लागि थुप्रै नियमहरु जारी भएको थियोर। अहिले १६ वर्षमुनिका यूजरका एकाउन्ट स्वत: प्राइभेटमा राखेर एपले सजेस्ट नगर्ने गरी राख्ने गरेको छ।

TK Viber

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

Loading...