Technology Khabar १५ भाद्र २०७८, मंगलवार
काठमाडौं ।
चर्चित इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्राम हालै १ अर्बपटक डाउनलोड भएको छ।
सेन्सर टावरका अनुसार यो एप हालैमात्र १ अर्बपटक डाउनलोड भएर एलिट क्लबमा समावेश भएको हो।
दुबइमा मुख्यालय रहेको यो एप सन् २०१३ मा सञ्चालनमा आएको थियो। सञ्चालनमा आएको ८ वर्षपछि उक्त एपले गत शुक्रबार यो कोशेढुंगो पार गर्न सफल भएको मोबाइल अनुसन्धान संस्था सेन्सर टावरले टेक क्रन्चलाई जानकारी गराएको हो।
आफ्नो चीर प्रतिद्वन्द्वी ह्वाट्सएपजस्तै टेलिग्रामकफ मुख्य बजार भारत नै हो। विश्वको दोस्रो ठूलो इन्टरनेट बजारका रुपमा रहेको भारतमा मानिसहरुले यसको समग्र डाउनलोड सङख्याको २२ प्रतिशत हिस्सा ओगटेको सेन्सर टावरको तथ्याङ्कमा उल्लेख छ।
‘भारतपछि रुस र इन्डोनेसियामा क्रमश: १० र ८ प्रतिशत डाउनलोड तथा इन्स्टल भएको छ। एप इन्स्टल हुने क्रम यही वर्ष चुलिएको हो। पहिलो ६ महिनामा यो एप २१ करोड ४७ लाख पटक डाउनलोड र इन्स्टल भएको छ जुन सन् २०२० को पहिलो ६ महिनामा भएको १३ १३ करोड ३० लाख पटकभन्दा ६१ प्रतिशतले बढी हो’, सेन्सर टावरले भनेको छ।
यो वर्षको शुरुवातमा यो एपको मासिक यूजर बेस ५० करोड थियो। तर भारत लगायतका देशमा गोपनीयता नीतिका कारण ह्वाट्सअप छोडेर सिग्नलसहित टेलिग्राम डाउनलोड गर्ने क्रमा ह्वात्तै बढेको हो।
प्रकाशित: १५ भाद्र २०७८, मंगलवार