स्मार्ट कम्फर्ट नेपालले इलेक्ट्रिक भेहिकल लागि ल्यायो एसी फास्ट चार्जर

Technology Khabar १५ भाद्र २०७८, मंगलवार

स्मार्ट कम्फर्ट नेपालले इलेक्ट्रिक भेहिकल लागि ल्यायो एसी फास्ट चार्जर

काठमाडौं ।

नेपाली बजारमा इलेक्ट्रिक भेहिकल (इभी)को प्रयोग बढेसँगै यसका आवश्यक उपकरणहरु पनि उपलब्ध हुन थालेका छन्।

यसैक्रममा स्मार्ट कम्फर्ट नेपालले पहिलो पटक इभीका लागि एसी फास्ट चार्जर बजारमा ल्याएको छ। स्मार्ट कम्फर्टले जर्मन कम्पनीले बनाएको डियोसिडा ब्राण्डको चार्जर नेपाली बजारमा ल्याएको छ। यो चार्जर ७.४ किलोवाट क्षमताको रहेको छ।

यो चार्जरमा सीसीएस स्ट्याण्डर्ड यूनिभर्सल टाइप एडाप्टर रहेको छ । चार्जरले नेपाल उपलब्ध हुन्डाईको कोना, कियाको निरो, एमजीको इजेडएस तथा बीवाइडीका इलेक्ट्रीक भेहिकल चार्ज गर्न मिल्ने कम्पनीको दाबी छ ।

यो चार्जरबाट चार्ज गर्दा हुन्डाईको कोना साढे ५ घण्टामा तथा ४४.५ किलोवाट आवर ब्याट्री भएको एमीजीको इजेड एस ६ घण्टामा फुल चार्ज हुने बताईएको छ।

यसको मूल्य प्रतियूनिट १ लाख १० हजार रुपैयाँ रहेको छ भने शुरुवाती ग्राहकहरुलाई ७ प्रतिशत छुट दिने घोषणा गरेको छ। कम्पनीले यस फास्ट चार्जरमा १ वर्षको वारेन्टी दिने जनाएको छ।

easy care

प्रकाशित: १५ भाद्र २०७८, मंगलवार

ताजा समाचार