एप्पल, गुगल तथा विच्याट डिजिटल वालेटलाई कडाइ गर्न नयाँ नियम ल्याउँदै अस्ट्रेलिया

Technology Khabar १४ भाद्र २०७८, सोमबार

एप्पल, गुगल तथा विच्याट डिजिटल वालेटलाई कडाइ गर्न नयाँ नियम ल्याउँदै अस्ट्रेलिया
Global IME Bank

काठमाडौं ।

अस्ट्रेलिया सरकारले एप्पल तथा अल्फाबेटको गुगलजस्ता टेक जायन्टहरुले सञ्चालन गरेको डिजिटल भुक्तानी सेवामा कडाइ गर्नेगरी नयाँ नियम ल्याउने भएको छ।

कोषाध्यक्ष जोश फ्राइडेनबर्गले त्यो र अन्य भुक्तानी प्रणालीले प्रविधिमा आएको विकास र उपभोक्ताको मागमा आएको परिवर्तनलाई आत्मसात गर्न सकेको छ कि छैन भन्ने कुरामा सरकारबाट आएका सुझावलाई स्वीकार गर्ने बताएका छन्।

पछिल्लो समय निकै लोकप्रिय रहेका एप्पल पे, गुगल पे र चीनको विच्याटजस्ता भुक्तानी सेवालाई नियामक प्रणाली बाहिर रहेकाले अस्ट्रेलियामा हालसम्म भुक्तानी सेवाको दर्जा दिइएको छैन।

‘हामीले हालको प्रारुपलाई सुधार गर्ने प्रयास नगरेको खण्डमा हाम्रो भविष्यको भुक्तानी प्रणालीको निर्क्योल सिलिकन भ्यालीले गर्नेछ। यो हाम्रो आर्थिक पूर्वाधारका लागि एउटा गम्भीर कुरा हो,’ फ्राइडेनबर्गले अस्ट्रेलियन फाइनान्सियल रिभ्यू पत्रिकामा छापिएको एउटा लेखमा लेखेका छन्।

ब्यांक फर इन्टरनेशनल सेटलमेन्ट्स बीआईएसले यसै महिनाको शुरुवातमा यी ठूला टेक जायन्टको बढ्दो प्रभाव रोक्न वैश्विक आर्थिक अनुगमनकर्तालाई गुहारेको थियो।

बीआईएसले गुगल, फेसबुक, अमेजन र अलिबाबाजस्ता समूहले अथाह परिमाणको यूजर डाटा पनि नियन्त्रण गर्ने हुँदा सकेसम्म छिटै यिनीहरुलाई नियामक प्रणालीमा बाँध्नुपर्ने आवश्यकता रहेको उसको बुझाइ छ।

भुक्तानी सेवा प्रदायकको अनुमोदन गर्ने रिजर्भ ब्यांक अफ अस्ट्रेलियाले डिजिटल वालेटमार्फत हुने भुक्तानी सन् २०१९ मा व्यक्तिगत कार्डबाट गरिने भुक्तानीको तुलनामा सन् २०१६ मा भन्दा २ प्रतिशतले बढेर ८ प्रतिशतमा पुगेको प्रतिवेदन जारी गरेको छ।

Sajilo Visa

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया