माइक्रोसफ्टले अब विन्डोज ११ लाई सकेसम्म धेरै चिपमा ‘कम्प्याटिबल’ बनाउने

Technology Khabar १३ भाद्र २०७८, आईतवार

माइक्रोसफ्टले अब विन्डोज ११ लाई सकेसम्म धेरै चिपमा ‘कम्प्याटिबल’ बनाउने
NTC_Advt

माइक्रोसफ्टले गत शुक्रबार आफ्नो बजारमा आउँदै गरेको विन्डोज ११ सकेसम्म धेरै प्रकारका पर्सनल कम्प्युटर चिपमा चल्ने बनाउने बताएको छ।

नेक्स्ट जेनेरेशन डेस्कटफ अपरेटिङ सिस्टम विन्डोज ११ यसै वर्ष रिलिज गर्ने तयारीमा कम्पनी रहेको छ।

विश्वका धेरै व्यक्ति तथा संस्थाले विन्डोज ११ नचल्ने भएपछि अन्य कम्पनीका कम्प्युटर किन्ने निर्णय गर्नसक्ने र यसो भएको खण्डमा कम्पनीलाई निकै घाटा ब्यहोर्नुपर्ने हुने भएकाले कम्पनी यो निर्णयमा पुगेको बुझिएको छ।

विन्डोज कम्पनीको समग्र व्यवसायको १४ प्रतिशत हिस्सा ओगटेको छ भने यो कम्पनीको सबैभन्दा धेरै नाफा कमाउने व्यवसाय पनि हो।

यो निर्णयबाट माइक्रोसफ्टले आफ्ना यूजरको आफूप्रतिको वितृष्णा कम गर्न खोजेको पनि आकलन गरिएको छ।

कम्पनीले गत जुनमा विन्डोज ११ सार्वजनिक गर्दा एएमडीको जेन २, इन्टेलको ८औं जेनेरेशन चिप तथा क्वालकमको ७ र ८ सिरिज चिपमा मात्र चल्ने बताएको थियो।

कम्पनीले पछि एएमडी जेन १ तथा इन्टेल को सातो जेनेरेशन चिपमा परीक्षण गरिरहेको एउटा ब्लग पोस्टमार्फत् जानकारी दिएको थियो। माइक्रोसफ्टले गत शुक्रबार नयाँ ब्लग पोस्ट गर्दै विन्डोज ११ एएमडी जेन १ ले सपोर्ट नगर्ने तर ७औं जेनेरेशन कोर एक्स तथा जिअन डब्लू चिपमा सपोर्ट गर्ने बताएको थियो।

यसबाहेक यसलाई इन्टेलको ७औं जेनेरेशन ७८२एचक्यू प्रोसेसर भएका र माइक्रोसफ्टका सर्फेस स्टुडियो २ अल-इन-वन पीसीमा पनि चल्ने बताइएको छ।

इन्टेलको ७औं जेनेरेशन प्रोसेसर सन् २०१६ मा तथा ८औं जेनेरेशन २०१७ मा आएको थियो। हाल विश्वमै लगभग १ अर्बभन्दा बढी एक्टिभ डिभाइस भएको  विन्डोज १० सन् २०१५ मा आएको थियो।

कम्पनीले पीसी हेल्थ चेक नामको एपको अपडेटेड भर्सन् पनि ल्याउने भएको छ जसमार्फत् यूजरले आफ्नो पीसीमा विन्डोज ११ चल्छ या चल्दैन र चलाउनका लागि के के हार्डवयरका पार्टपुर्जामा फेरबदल गर्नुपर्छ भन्ने सुझाव दिन्छ।

प्रकाशित: १३ भाद्र २०७८, आईतवार